ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले दक्षिण अफ्रिकी राजदूतलाई देश निकाला गर्‍याे


एबीसी न्यूज
१ चैत्र २०८१, शनिबार   ७ : ५२   बजे

काठमाडौं २ चैत । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई देश निकाला गरेको छ । दक्षिण अफ्रिकी राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै अमेरिकी विदेशमन्त्री रुबियोले दक्षिण अफ्रिकाका राजदूतलाई अब अमेरिकामा स्वागत नगर्ने सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । इब्राहिम रसूल अमेरिकालाई घृणा गर्ने एक जातिगत राजनीतिज्ञ रहेका उहाँले उल्लेख गर्नुभएको छ ।

दक्षिण अफ्रिकासँगको बढ्दो तनावका बीच अमेरिका राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगेको बीबीसीको खबरमा उल्लेख छ ।

यसअघि फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गर्नुभएको थियो र त्यहाँको कानूनलाई हवाला दिँदै श्वेत किसानहरूको जमिन जफत गर्न सकिने बताउनुभएको थियो । गएको हप्ता ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई आफ्नो देशमा बसोबास गर्न स्वागत छ भनेपछि दुई देशबीच झन् तनाव बढेको थियो ।

यसैबीच दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले आफ्ना राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय खेदजनक भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group