ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले यमनमा थाल्यो हुथी विद्रोहीविरुद्ध हवाई हमला


एबीसी न्यूज
२ चैत्र २०८१, आइतबार   २ : २२   बजे

काठमाडौं ३ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरिएको बताएका छन्।

उनले लाल सागरमा रहेको जहाजमा हुथी विद्रोहीले गरेको आक्रमणका कारण हवाई हमाल गरिएको उल्लेख गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘इरानबाट आर्थिक सहयोग लिने हुथीहरूले अमेरिकी विमानमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।’

हुथी विद्रोहीको ‘डकैती, हिंसा र आतंकवाद’ का कारण आफ्नो मुलुकको अर्बौँ डलर गुमेको र नागरिकको जीवन खतरामा परेको उनको आरोप छ।

हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु र ९ जना घाइते भएको बताएको छ।

हुथी विद्रोहीले शनिबार साँझ साना र उत्तरी प्रान्त सादामा शृङ्खलाबद्ध विस्फोटन भएको जानकारी दिएको छ। यो साउदी अरबको सीमामा हुथी विद्रोहीको बलियो आधार हो।

गाजामा इजरायल(हमास युद्धको जवाफमा हुथी विद्रोहीहरूले जहाजहरूलाई निशाना बनाउन थाले। उनीहरूले यो अमेरिकी आक्रमणको जवाफ भएको बताएका छन्।

इरान समर्थित यो विद्रोही समूहले इजरायललाई आफ्नो शत्रु मानेको छ। यसले साना र उत्तरपश्चिम यमनका केही भाग नियन्त्रण गरेको छ, तर यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार होइन।

सार्वजनिक तस्बिरमा साना एयरपोर्टको क्षेत्रमा कालो धुवाँको मुस्लो देखिएको छ, जसमा सैन्य बेस पनि छ। तर तस्बिरको आधिकारिक पुष्टि भइनसकेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सोलुखुम्बुमा तेस्रो रेड पाण्डा म्याराथन हुने

सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिटमा बुधबार संवैधानिक इजलासमा सुनुवाइ

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu