ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका-दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास अप्रिल १ मा


admin
६ चैत्र २०७४, मंगलबार   ४ : ३५   बजे

काठमाडौं, ६ चैत । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले एप्रिल १ मा आफ्ना सेनाहरूले ठूलो स्तरको सैन्य अभ्यास गर्ने घोषणा गरेका छन्।

उत्तर कोरियाले अतिक्रमणको तयारीको रूपमा हेर्ने गरेका बेला सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा एउटा मुख्य विवादको विषय रहिआएको छ।

शीतकालीन ओलिम्पिक्सका बेला कूटनीतिक सम्बन्धमा देखिएको न्यायोपनका माझ मार्चमा शुरू हुने भनिएको संयुक्त सैन्य अभ्यास रोकिएको थियो।

सैन्य अभ्यासमा तीन लाखभन्दा बढी सैनिकहरू र ठूलो मात्रामा सैन्य स्रोत र साधनको परिचालन गरिनेछ।

प्रयत्न
कोरियाली प्रायद्वीपमा तनाव कम गर्ने दिशामा कूटनीतिक प्रयत्नहरू जारी रहेका बेला अप्रत्यासित रूपमा सैन्य अभ्यास गरिने घोषणा गरिएको हो।

यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अनपेक्षित रूपमा प्रत्यक्ष वार्ताका लागि उत्तर कोरियाली नेता किम जङ(अनको निम्तो स्वीकारेका थिए।

उत्तर कोरियाले आफ्नो पारमाणविक कार्यक्रम त्याग्न पनि ुप्रतिबद्धु रहेको बताएको थियो।

त्यसबारे थप विवरणहरू चाहिँ सार्वजनिक भएको छैन र उत्तर कोरियाले अहिलेसम्म सिधै प्रतिक्रिया जनाइसकेको छैन।

वार्तास्थल
यदि वार्ता भए पदासीन अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको पहिलो पटक हुनेछ।

सम्भावित वार्तास्थलबारे कुराकानीका लागि उत्तर कोरियाली विदेशमन्त्री यसै हप्ताको शुरूतिर स्वीडेन पुगेका थिए।

त्यहाँ उनले वार्ताका लागि तयारी गरेको व्यापक रूपमा अनुमान गरिएको थियो।

अमेरिका र दक्षिण कोरियाले आफूहरूमाथि बाह्य आक्रमण गरिएको अवस्थामा त्यसको सामना गर्नका निम्ति संयुक्त सैन्य अभ्यास आवश्यक रहेको बताउने गरेका छन्।

 

बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu