ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकले स्वीका-यो प्रयोगकर्ताको डाटा चोरी भएको, यस्तो थियो घटना..


admin
८ चैत्र २०७४, बिहिबार   ४ : ४०   बजे

काठमाडौं, ८ चैत । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ ।

क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् । उनले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकका बीच जे भएको छ त्यो विश्वासघात नै भएको बताए । उनले फेसबुक र फेसबुक प्रयोगकर्तामाथि पनि विश्वासघात भएको बताएका छन् ।

जुकरबर्गले फेसबुकमा आएको समस्या समाधानका लागि केही प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन् । फेसबुकमा डाटा चोरी भएको खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको थियो ।

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने क्याम्ब्रिज एनालिटिकल कम्पनीले फेसबुकका पाच करोडभन्दा बढी प्रयोगकर्ताको जानकारी चोरेको आरोप सार्वजनिक भएको थियो ।

यस्तो थियो घटना

फेसबुकका ५० मिलियन भन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने फर्मले अनधिकृत रुपमा प्रयोग गरेको भन्ने आरोप लागेपछि आलोचना सुरु भएको हो ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्ब्रिज एनालिटिका (सिए) ले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर त्यसलाई राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ ।

सिएमाथि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अनधिकृत रुपमा लिएको आरोप लागेपछि उसले आफ्ना प्रमुख अलेक्जेण्डर निक्सलाई निलम्बित गरेको छ ।

अमेरिकाको निर्वाचन कानुनको सिएले उल्लंघन गरेको हुन सक्ने आरोप छ । बेलायतको लण्डनमा आधारित कम्पनी सिएले भने आफूले कुनै किसिमको गलत काम नगरेको दाबी गर्दै आएको छ ।

फेसबुकले पनि आरोप अस्वीकार गर्दै आएको थियो । बेलायत तथा युरोपियन युनियनको संसदले फेसबुकका प्रमुख मार्क जुकरबर्गसँग प्रयोगकर्ताको जानकारी सुरक्षित रहेको र कुनै किसिमले गलत प्रयोग नभएको प्रमाण दिन माग गरेका छन् ।

फेसबुकमाथि हुने गरेको आलोचना नयाँ होइन तर पछिल्लो पटक प्रयोगकर्ताको जानकारी असुरक्षित मात्रै नभई अनधिकृत रुपमा प्रयोग गर्न दिएको कुराले उसमाथिको दबाब अहिलेसम्मकै उच्च भएको छ ।

गएको हप्ता बेलायती पत्रिका द गार्डियन र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले फेसबुकका दशौँ लाख प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग भइरहेको र यसबारे फेसबुकले प्रयोगकर्तालाई जानकारी नदिएको भन्दै खबर छापेका थिए । डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले फेसबुकबाट प्रयोगकर्ताको जानकारी संकलन गरेको उनीहरुले दाबी गरेका छन् ।

यो खबर आएपछि फेसबुकले क्याम्ब्रिज एनालिटिकाको पेज बन्द गरेको छ । एनालिटिकाले अनधिकृत रुपमा जानकारी संकलन गरेको र त्यसलाई डिलिट पनि नगरेको दाबी गरिएको छ ।

एनालिटिकाले बनाएको पर्सनालिटी क्वीज एप्लिकेशन मार्फत फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरिएको दाबी छ । यसरी संकलन गरिएको जानकारी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा प्रचार गर्नका लागि प्रयोग भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group