ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चीनको चेतावनी


एबीसी न्यूज
३ बैशाख २०८२, बुधबार   ८ : ०९   बजे

काठमाडौं ३ बैशाख । चीनले अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउने कुरा चीनमा निर्भर रहेको बताएपछि चीनले व्यापार युद्ध लड्न नडराउने चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिका वार्तामार्फत समस्या समाधानका लागि गम्भीर नभएको दाबी गर्दै अमेरिकाले शुरू गरेको व्यापार युद्ध लड्न आफूहरू नडराउने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिका संवाद र वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहेमा उसले चेतावनी र ुब्ल्याकमेलिङु जस्ता अत्यधिक दबावको नीति रोकेर समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्ने जियानको भनाइ छ । उहाँले वार्ताका लागि अमेरिकालाई पुनः आह्वान भने गर्नुभएको छ ।

ट्रम्पले शुरूमा फेन्टानिल आपूर्तिमा चीनको भूमिका रहेको दाबी गर्दै चीनबाट आयात हुने सामानमा कर लगाउनुभएको थियो । त्यसयता ट्रम्पले चीनबाट आउने धेरैजसो सामानमा थप १४५ प्रतिशत आयात कर लगाउनुभएको छ । चीनले पनि अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।

अमेरिकासँगको व्यापार युद्धकै बीच चीनले गएको जनवरीदेखि मार्चसम्मको अवधिमा आफ्नो कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० अघिल्लो वर्षको तुलनामा ५ दशमलव ४ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ । यो तथ्याङ्क अपेक्षा गरिएकोभन्दा बढी हो । तर यो वृद्धि अमेरिकी भन्सार शुल्क बढ्नुअघिको हो ।

यसैबीच चीनले नयाँ व्यापार दूत नियुक्त गरेको छ । ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि तथा वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नुहुने चीनको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा उल्लेख छ । यसअघि उहाँ चीनका पूर्वसहायक वाणिज्यमन्त्री तथा विश्व व्यापार सङ्गठनका राजदूत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group