ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको धम्की


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   ८ : ४५   बजे

काठमाडौं ५ बैशाख । अमेरिकी सरकारले हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लगाउने धम्की दिएको छ । यसअघि ह्वाइट हाउसका मागहरू पूरा गर्न अस्वीकार गरेको भन्दै ट्रम्प प्रशासनले विश्वविद्यालयका लागि सङ्घीय सरकारले दिने २ अर्ब डलरभन्दा बढी रकम रोक्का गरेकोमा अहिले फेरि धम्की दिएको बीबीसीले जनाएको छ ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विश्वविद्यालयले राष्ट्रिय सुरक्षालाई खतरामा पारेको र यहूदी विरोधी भावनाको शिकार भएको आरोप लगाउनुभएको छ । गएको हप्ता ह्वाइट हाउसले यहुदीविरोधी भावना नियन्त्रण गर्नका लागि भन्दै हार्भर्डलाई मागहरूको सूची पठाएको थियो ।

ट्रम्प प्रशासनले विश्वविद्यालयको सञ्चालन, कर्मचारी नियुक्तिको अभ्यास र भर्ना प्रक्रियामा परिवर्तन गर्न भनेको थियो । तर हार्भर्डले ती मागहरू मान्न अस्वीकार गर्दै ह्वाइट हाउसले आफूमाथि अङ्कुश लगाउन खोजेको बताएको थियो । हार्भर्डले यहुदीविरोधी भावनालाई नियन्त्रण गर्न धेरै कदम चालेको र ट्रम्प प्रशासनको अहिलेको मागहरू विश्वविद्यालयको बौद्धिक अवस्थालाई नियमन गर्ने प्रयास भएको भनेको थियो ।

गएको वर्ष गाजा युद्ध र इजरायललाई अमेरिकाले प्रदान गरेको समर्थनको विरोधमा भएका प्रदर्शनहरूका क्रममा अग्रणी विश्वविद्यालयहरूले यहुदी विद्यार्थीलाई सुरक्षा प्रदान गर्न विफल भएको आरोप ट्रम्पले लगाउँदै आउनुभएको छ ।

ट्रम्पले हार्भर्डको बहुमूल्य कर छुट पनि हटाउने धम्की दिनुभएको छ जसले गर्दा हार्भर्डलाई प्रत्येक वर्ष लाखौं डलरको नोक्सानी हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu