ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकासँगको खनिज सम्झौताको रूपरेखामा हस्ताक्षर भयाे- युक्रेन


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   ५ : ३१   बजे

काठमाडौं ५ चैत । युक्रेनले अमेरिकासँगको खनिज सम्झौताको रूपरेखामा हस्ताक्षर भएको घोषणा गरेको छ । युक्रेनी अर्थमन्त्री युलिया स्विरीडेन्कोले आशय ज्ञापनपत्रले आर्थिक साझेदारी सम्झौताका लागि मार्गप्रशस्त गरेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले अन्तिम सम्झौतामा युक्रेनको पुनर्निर्माणका लागि लगानी कोष पनि समावेश हुने बताउनुभयो ।

अमेरिकी अधिकारीहरूले अर्को हप्ताको अन्त्यसम्ममा सम्झौता सम्पन्न हुने आशा व्यक्त गरेका खबरमा उल्लेख छ । गएको फेब्रुअरीमा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको सार्वजनिक बहसले खनिज सम्झौता वार्ता अस्थायी रूपमा अलमलमा परेको थियो ।

युक्रेनी अर्थमन्त्री स्विरीडेन्कोले सामाजिक सञ्जाल ‘एक्स’ मा आफूले र अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले छुट्टाछुट्टै हस्ताक्षर गरेको तस्वीरहरू राख्नुभएको छ । सम्झौताको समय र विषयवस्तुको बारेमा थप विवरणका लागि गरिएको अनुरोधको ह्वाइट हाउसले जवाफ नदिएको रोयटर्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीको खबरमा उल्लेख छ ।

यो युक्रेनको महत्त्वपूर्ण खनिजका साथै तेल र ग्यासमा अमेरिकाको पहुँच बढाउने सम्झौतातर्फको एक कदम हो । युक्रेनसँग खर्बौं डलर मूल्य बराबरको लिथिअम तथा टाइटानिअमसँगै उल्लेख्य मात्रामा कोइला, ग्यास, तेल तथा युरेनिअम भण्डारण छ । यस्तै विश्वमा पाइने पाँच प्रतिशत महत्त्वपूर्ण कच्चा खनिज आफूसँग भएको युक्रेनको आँकलन छ । युक्रेनका कतिपय खनिज भण्डारहरू रुसको कब्जामा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group