ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी उपराष्ट्रपति भान्स र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता


एबीसी न्यूज
९ बैशाख २०८२, मंगलबार   १० : २८   बजे

काठमाडौं ९ बैशाख । भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटवार्तामा गएको फेब्रुअरीमा मोदीको अमेरिका भ्रमणका बेला भएका सहमतिको प्रगतिको समीक्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँहरुबीच दुई देशबीच स्वच्छ व्यापार र रक्षा साझेदारी वृद्धि गर्ने विषयमा छलफल भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित २६ प्रतिशतको उच्च आयात करबाट जोगिन अमेरिकासँग सक्दो छिटो व्यापार सम्झौता गर्न र ट्रम्प प्रशासनसँगको सम्बन्ध बलियो बनाउन प्रयत्नरत दिल्लीका लागि भान्सको भ्रमण एउटा राम्रो अवसर भएको बताइएको छ ।

उपराष्ट्रपति भान्स भारतको चार दिने भ्रमणका लागि परिवारसहित हिजो नयाँ दिल्ली पुग्नुभएको हो । भारतमा रहँदा भान्स परिवारले ताजमहलको भ्रमणका साथै जयपुरमा हुने एउटा वैवाहिक कार्यक्रममा पनि सहभागिता जनाउने खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group