ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्मू– कश्मीरमा भएको आक्रमणपछि भारतमा सुरक्षा सतर्कता उच्च


एबीसी न्यूज
१० बैशाख २०८२, बुधबार   १२ : ३९   बजे

काठमाडौं १० बैशाख । जम्मू – कश्मीरको पहलगाममा हिजो भएको आतङ्कवादी आक्रमणपछि भारतभर सुरक्षा सतर्कता उच्च पारिएको छ ।

आक्रमण भएको क्षेत्रसहित जम्मू–कश्मीर, राजधानी शहर नयाँ दिल्ली, मुम्बईसहितका क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो । विशेषगरी दिल्लीका पर्यटकीय क्षेत्र र शहरको सिमानामा कडा जाँच र निगरानी भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने साउदी अरबको भ्रमण छोट्याएर बिहान स्वदेश फर्किनुभएको छ । उहाँ हिजो साउदी प्रस्थान गर्नुभएको थियो ।

पहलगाममा हिजो दिउँसो पर्यटकलाई लक्षित गरी आक्रमण भएको हो । घटनामा कम्तीमा २६ जना मारिएका छन् । तीमध्ये एक जना नेपाली रुपन्देहीको बुटवलका सुदीप न्यौपाने रहेका छन् ।

प्रहरीले गोली लागेका कैयौं पर्यटकलाई अस्पताल लगिएको बताएको छ । भारतीय प्रधानमन्त्री मोदीले यो आतङ्कवादी आक्रमणमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने चेतावनी दिनुभएको छ । आक्रमणमा संलग्नको खोजीका लागि भारतीय सेना र प्रहरीको संयुक्त टोली खटिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली सङ्घकी प्रमुख उर्जुला भान देर लेयनलागयतका विश्व नेताहरूले घटनाको भर्त्सना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu