ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहारमा मोदीको आक्रोश: आतंककारीलाई माटोमा मिलाउने समय आएको छ


एबीसी न्यूज
११ बैशाख २०८२, बिहिबार   ३ : २३   बजे

काठमाडौं ११ बैशाख । जम्मु(कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहार भ्रमणमा छन्।

यस क्रममा मधुवनीमा राष्ट्रिय पञ्चायती राज दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आतंकवादको ढाड भाँचिदिने बताएका छन्।

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘अप्रिल २२ मा आतंककारीहरूले जम्मु(कश्मीरको पहलगाममा निर्दोष देशवासीहरूको निर्मम हत्या गरे। जसका कारण सिंगो देश दुःखी छ। यस दुस्खको घडीमा देश सम्पूर्ण पीडित परिवारहरूको साथमा छ। सरकारले हाल उपचार गराइरहेका परिवारका सदस्यहरू चाँडै निको होस् भनेर हरसम्भव प्रयास गरिरहेको छ।’

उनले अगाडि भने, ‘यस आतंकवादी हमलामा कसैले आफ्ना छोरा गुमाएका छन्, कसैले आफ्ना दाजुभाइ गुमाएका छन्, कसैले आफ्ना जीवनसाथी गुमाएका छन्। तिनीहरूमध्ये कोही बंगाली बोल्थे, कोही कन्नड बोल्थे, कोही मराठी थिए, कोही उडिया थिए, कोही गुजराती थिए, कोही बिहारका थिए। आज कारगिलदेखि कन्याकुमारीसम्म ती सबै मानिसको मृत्युमा हाम्रो शोक एउटै छ। हाम्रो आक्रोश उस्तै छ। यो आक्रमण निहत्था पर्यटकहरूमाथि मात्र भएको छैन, देशका शत्रुहरूले भारतको आत्मामाथि आक्रमण गर्ने दुस्साहस गरेका छन्। म स्पष्ट शब्दमा भन्न चाहन्छु( यो आक्रमण गर्ने र यसको योजना बनाउने आतंककारीहरूले कल्पना गरेभन्दा ठूलो सजाय पाउनेछन्।’

प्रधानमन्त्री मोदीले अंग्रेजीमा सम्बोधन गर्दै थप भने, ‘आज बिहारको भूमिबाट म सम्पूर्ण विश्वलाई भन्छु( हामी आतंककारी र उनीहरूका समर्थकलाई पहिचान गर्नेछौँ र सजाय दिनेछौँ। आतंकवादले भारतको भावनालाई कहिल्यै विभाजन गर्न सक्दैन। आतंकवादीलाई छाडिने छैन। अब आतंककारीका बचेखुचेका आधारलाई पनि माटोमा मिलाउने समय आएको छ।’

१४० करोड भारतीयको इच्छाशक्तिले अब आतंकका मालिकहरूको ढाड भाँचिदिने दाबी मोदीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group