ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानले सिपाही छोरा लगेपछि भारत सरकारसँग हारगुहार


एबीसी न्यूज
१२ बैशाख २०८२, शुक्रबार   २ : ४६   बजे

काठमाडौं १२ बैशाख । पाकिस्तानी रेन्जर्स अर्धसैनिक बल ले हिरासतमा लिएका भारतीय बीएसएफ सीमा सुरक्षा बल० जवान पूर्णमकुमार पीके० सावका बुबा भोलानाथ सावले आफ्ना छोराको सुरक्षित फिर्तीका लागि भारत सरकारलाई अपिल गरेका छन्।

पूर्णमकी श्रीमती रजनीले पनि आफ्ना पतिको सुरक्षित र तत्काल फिर्तीका लागि केन्द्र र राज्य दुवै सरकारसँग अनुरोध छन्।

पश्चिम बंगालको हुगली जिल्लाको रिश्रामा बस्ने पूर्णमको परिवारलाई उनका एक साथीले फोनबाट घटनाबारे जानकारी गराए थिए।

बुबा भोलानाथ सावका अनुसार पूर्णम गत महिना बिदामा घर आएका थिए र मार्च ३१ मा पठानकोट फर्किएका थिए।

श्रीमती रजनी भन्छिन्, ‘पहलगाम घटनापछि मैले श्रीमान्‌सँग फोनमा कुरा गरेकी थिएँ। गत बुधबार राति श्रीमान्‌का एक साथीले मलाई फोनमा उहाँको पाकिस्तानी रेन्जर्सको हिरासतमा रहेको जानकारी गराए।’

उनका अनुसार पूर्ण गत महिना प्रयागराजमा आयोजित कुम्भको समयमा पनि ड्युटीमा थिए।

पूर्णमका बुबाले भने, ूबुधबार फोन गरिएको थियो तर कुनै प्रतिक्रिया आएन। त्यसपछि राति हामीले उनी पाकिस्तानको हिरासतमा रहेको जानकारी पायौँ। बीएसएफका एक वरिष्ठ अधिकारीसँग फोनमा कुरा गरियो।’

पीडित परिवारलाई अहिले पूर्णमलाई कहाँ राखिएको छ भन्ने थाहा छैन।

भारतका केन्द्रीय मन्त्री तथा राज्य भाजपा अध्यक्ष सुकान्त मजुमदारले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टमा लेखेका छन्, ‘यस बुधबार हुगलीको रिस्दाका एक बहादुर बीएसएफ जवान पीके सावलाई पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको छ। आज मैले उनको परिवारसँग कुरा गरेँ र तपाईंहरू एक्लो हुनुहुन्न, भारत सरकार तपाईंहरूका साथमा दृढतापूर्वक उभिएको छ।’

उनले सरकारले सैनिक पूर्णमलाई मातृभूमिमा फिर्ता ल्याउन कूटनीतिक र प्रशासनिक दुवै तरिकाले हरसम्भव प्रयास गरिरहेको उल्लेख गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पन्जाबको फिरोजपुर सीमामा बीएसएफको १८२औँ बटालियनमा तैनाथ पूर्णलाई बुधबार पाकिस्तान रेन्जर्सले हिरासतमा लिएको हो। घटनाका बेला उनी सिपाही पोसाकमा थिए र उनीसँग सर्भिस राइफल थियो।

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। जसले संयुक्त राष्ट्रस‌ंघलाई समेत चिन्तित बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group