ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा सुरक्षा बलको कारबाही : ५४ आतंककारी मारिए


एबीसी न्यूज
१५ बैशाख २०८२, सोमबार   ७ : ५९   बजे

काठमाडौं, १५ बैशाख । अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ आतंककारी मारिएको पाकिस्तान सेनाले आइतबार जनाएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, गत शुक्रबारदेखि आइतबारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो, जुन सीमा पार गर्न खोजिरहेको थियो।
सेनाले उक्त समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतंककारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो संवेदनशील समयमा भारतले पाकिस्तानमाथि बिना आधार आरोप लगाइरहेका बेला यस्ता क्रियाकलापले स्पष्ट सङ्केत गर्छ कि ती सशस्त्र समूहहरू कसको प्रभावमा सञ्चालित छन्।’

पाकिस्तानले सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएयता आफ्ना भूमिमा आक्रमण गर्दै आएका सशस्त्र समूहहरू अफगान भूमिमा लुकेर बसेको आरोप लगाउँदै आएको छ, जुन अफगान सरकारद्वारा अस्वीकार गरिँदै आएको छ।

यता, भारतले अप्रिल २२ मा कश्मीरमा भएको एक भीषण आक्रमणपछि पाकिस्तानमाथि सीमापार आतंकवादको आरोप लगाएको छ, जुन पाकिस्तानले खारेज गरेको छ।
पाकिस्तानी सेनाले उक्त कारबाहीमा ठूलो मात्रामा हतियार, विस्फोटक सामग्री र गोलीबारुद बरामद गरिएको जानकारी दिएको छ। शनिबार पनि सोही प्रान्तमा भएको भिडन्तमा १५ सशस्त्र व्यक्ति मारिएको र दुई सुरक्षाकर्मीको ज्यान गएको जनाइएको छ।

गृहमन्त्री मोहसिन नकवीले आइतबार लाहोरमा सञ्चारकर्मीसँग कुराकानीमा भने, ‘विदेशी शक्तिहरूको निर्देशनमा यी तत्वहरू पाकिस्तान प्रवेश गर्न प्रयास गरिरहेका थिए, जसलाई सुरक्षाबलले तीनै दिशाबाट घेरेर कारबाही गरे।’

उनले थप भने, ‘हालसम्मको सुरक्षाप्रक्रियामा यो सबैभन्दा ठूलो सफलता हो, यसअघि यति ठूलो सङ्ख्यामा तत्वहरू समाप्त गरिएको थिएन।’ पाकिस्तानी सरकारले अफगान सरकारलाई आतंकवादी समूहहरूलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गर्दै आएको भए पनि अफगान पक्षले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ। एएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group