ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीको ज्यान गयाे


एबीसी न्यूज
१५ बैशाख २०८२, सोमबार   ८ : ५१   बजे

काठमाडौं १५ बैशाख । अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना अफ्रिकी आप्रवासीको ज्यान गएको छ ।

हुथी विद्रोही नियन्त्रित उत्तर–पश्चिमी यमनमा रहेको एक हिरासत केन्द्रमा अमेरिकी आक्रमणमा अन्य ४७ जना आप्रवासी घाइते भएका सशस्त्र समूहको टीभी च्यानललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर रहेको छ ।

हुथी विद्रोहीविरुद्ध अमेरिकी सेनाले झन्डै तीन हप्तादेखि सैन्य अभियान सञ्चालन गरिरहेको छ, यसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण भएका खबरमा उल्लेख छ ।

हुथी समूहले लाल सागरमा हुने अन्तर्राष्ट्रिय व्यापारिक जल यातायात र इजरायलमाथि आक्रमण गरी क्षेत्रीय सुरक्षामा खतरा निम्त्याइरहेको अमेरिकाले बताउँदै आएको छ । अमेरिकाले स्पष्ट रूपमा इरानलाई हुथी लडाकूहरूलाई निरन्तर समर्थन गरिरहेको आरोप लगाएको छ । इरानको समर्थनविना हुथीहरूले निरन्तर आक्रमण गर्न नसक्ने केन्द्रीय कमान्डको वक्तव्यमा भनिएको छ ।

सन् २०२२ मा यूएईको अबुधाबी नजिक हुथीहरूले मिसाइल र ड्रोनबाट आक्रमण गर्दा तीन जनाको ज्यान गएको थियो । त्यसपछि हुथी र अमेरिका समर्थित गठबन्धनबीचको सङ्घर्ष अझै चर्किएको हो ।

युद्धले लामो समयदेखि यमनलाई मानवीय सङ्कटमा पारेको छ, युद्धका कारण लाखौं नागरिक खाद्य, पानी र स्वास्थ्य सेवाको अभावमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu