ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका सबै गतिविधिहरूमा प्रतिबन्ध


abc news
२८ बैशाख २०८२, आइतबार   ६ : २१   बजे

काठमाडौ २८ बैशाख । बङ्गलादेशको अन्तरिम सरकारले अवामी लिगका सबै गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धमा अवामी लिगको अनलाइन प्लेटफर्महरूमा हुने गतिविधिहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ ।

अन्तरिम सरकारले हिजो बोलाएको सल्लाहकार परिषद्को विशेष बैठकमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाउने निर्णय भएको हो ।

यस्तै बैठकले अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐनमा संशोधन पनि अनुमोदन गरेको छ । संशोधन अनुसार अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले कुनै पनि राजनीतिक दल, उसका सहयोगी वा समर्थक समूहहरूलाई सजाय दिन सक्नेछ । यो निर्णय बङ्गलादेश अवामी लिग र उसका नेताहरूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐन अन्तर्गत मुद्दा पूरा नभएसम्म लागू रहने खबरमा उल्लेख छ ।

बङ्गलादेशमा पछिल्ला केही दिनदेखि विरोध प्रदर्शनहरू भइरहेका थिए । राष्ट्रिय नागरिक पार्टी ९एनसीपी० लगायत धेरै दल र सङ्गठनहरूले विगत दुई दिनदेखि अवामी लिगलाई ‘आतङ्कवादी सङ्गठन’ का रूपमा प्रतिबन्ध लगाउन माग गरिरहेका छन् ।

गएको वर्षको अगस्ट महिनामा भएको आन्दोलनका कारण बङ्गलादेशमा अवामी लिगको १५ वर्ष पुरानो शासन समाप्त भएको थियो । यसपछि धेरै राजनीतिक दलहरूले अवामी लिगमाथि प्रतिबन्ध लगाउन माग गरिरहेका थिए ।

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बङ्गलादेश अवामी लिगको विद्यार्थी सङ्गठन बङ्गलादेश छात्र लिगमाथि यसअघि नै प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group