ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर


एबीसी न्यूज
२ जेष्ठ २०८२, शुक्रबार   ८ : १३   बजे

काठमाडौं २ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा व्यापारिक नेताहरूसँग भेटघाट गरेपछि आफ्नो कार्यकालको पहिलो औपचारिक त्रिदेशीय भ्रमण सम्पन्न गरेका छन् । शुक्रबार उनको चारदिने मध्यपूर्व भ्रमणको अन्तिम दिन थियो। यो भ्रमण भव्य स्वागत, शानदार समारोह र धनी खाडी मुलुकहरूसँग भएका व्यापारिक सम्झौताहरूको घोषणाले विश्व चर्चित बनेको छ ।

अमेरिकी मिडिया विवरणहरु अनुसार ट्रम्पले अबु धाबीमा एक अन्तरधर्म केन्द्रको भ्रमण गरे र त्यसपछि संयुक्त राज्य अमेरिकातर्फ फर्कन एयर फोर्स वनमा चढे। यस हप्ताको सुरुमा, उनले आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख अन्तर्राष्ट्रिय भ्रमणको क्रममा साउदी अरेबिया र कतारको भ्रमण गरेका थिए।

ट्रम्पको भ्रमणका केही प्रमुख उपलब्धिहरू

सिरियासँगको पुनः सम्वन्धः बुधबार ट्रम्पले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शारा सँग साउद अरबको रियादमा त्यहाँका शासक राजकुमारको मध्यस्थतामा असाधारण भेटवार्ता गरे । यसले संयुक्त राज्यको सिरिया र शारा,(एक पूर्व लडाकू र अल–कायदाको शाखाका पूर्व नेता थिए) प्रति लामो समयदेखिको नीतिलाई उल्टायो। एक दिनअघि, ट्रम्पले सिरियामाथिको अमेरिकी प्रतिबन्ध हटाउने घोषणा गरे लगत्तै अन्तरिम स्वघोषित राष्ट्रपति अल शारासँग भेटवार्ता गरेका हुन् । यस विकासक्रमले वर्षौंदेखिको गृहयुद्धले ध्वस्त भएको देश सिरियालाई महत्त्वपूर्ण आर्थिक जीवनरेखा प्रदान गर्ने विश्लेषण गरिएको छ ।

सम्झौताहरूः ह्वाइट हाउसले ट्रम्पको भ्रमणले अमेरिकी कम्पनीहरूका लागि सयौं अर्ब डलर मूल्यका सम्झौताहरू भएको बताएको छ, जसमा कतारबाट बोइङको यात्रु विमानका लागि ठूलो अर्डर पनि समावेश छ। तर, अमेरिका मिडियाहरुका अनुसार त्यसखाले सम्झौताको विस्तृत विवरणहरू कम रहेको टिप्पणी गरेका छन् ।

इरानसँग वार्ताः ट्रम्पले इरानसँगको आणविक वार्तामा प्रगति भएको संकेत गरेका छन् । संयुक्त राज्यले तेहरानलाई आणविक हतियार विकास गर्न नदिने अडान राख्दै, उनले आफ्नो प्रशासन ‘इरानसँग दीर्घकालीन शान्तिका लागि गम्भीर वार्तामा’ रहेको बताए।

गाजा द्वन्द्वः ट्रम्पले अमेरिकाको सबैभन्दा ठूलो क्षेत्रीय सहयोगी इजरायलको भ्रमण गरेनन् र गाजामा चलिरहेको द्वन्द्वलाई पनि धेरै हदसम्म बेवास्ता गरे । तर इजरायली हमलाहरूले त्यहाँ दर्जनौं प्यालेस्टाइनीहरूको ज्यान लिएको प्रति भने दुख व्यक्त गरे । शुक्रबार, उनले यो द्वन्द्व समाधान भएको देख्न चाहेको बताए र त्यहाँको नागरिक कष्टलाई दुर्लभ रूपमा स्वीकार गरे। ‘त्यहाँ धेरै मानिसहरू भोकमरीमा छन्, धेरै नराम्रा कुराहरू भइरहेका छन्,’ उनले भने।

युक्रेन वार्ताः ट्रम्पले रुस र युक्रेन समावेश युद्धविराम वार्तालाई समर्थन गर्न टर्की जाने कि नजाने भन्नेमा मानिसहरूलाई अनुमानमा राखे, तर अन्ततः नजाने निर्णय गरे। रुसी र युक्रेनी अधिकारीहरू इस्तानबुलमा वार्ताका लागि खटिइरहेका छन्, ट्रम्प प्रशासनका शीर्ष अधिकारीहरूसँगै । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group