ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाको गुटाबाट एक लाख २८ हजार विस्थापित


admin
१५ चैत्र २०७४, बिहिबार   २ : ३८   बजे

दामसकस, १५ चैत । सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट कुल एक लाख २८ हजार जना विस्थापित भएका छन् ।

विद्रोहीहरुको नियन्त्रणमा रहेकाले सो ठाउँ उनीहरुले छाडेका राज्यद्धारा संचालित समाचार संस्था सानाले बुधबार जनाएको छ ।

सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै सानाले संप्रेषण गरेको समाचार अनुसार ठूलो संख्यामा आमनागरिकहरु विस्थापित भएका हुन् ।

सुरक्षाकर्मीहरुले घटनास्थलमा सुरक्षा कारबाही जारी राखको पनि समाचारमा उल्लेख गरिएको छ ।
पछिल्लो विवरण अनुसार मंगलबार मात्रै झण्डै ५ सय जना आमनागरिक गुटाबाट विस्थापित भएका छन् ।

उनीहरु गुटाबाट भागेर सरकारको नियन्त्रणमा रहेको वाफिडीन क्षेत्रमा पुगेका हुन् । वाफिडिन क्षेत्र राजधानी दमासकसदेखि उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

सिरियाली जिहादी समूहलाई आफ्नो कब्जामा राख्दै आएको इस्लामिक स्टेट्स (आइएस) समूहले राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा सरकारी सेनामाथि आक्रमण गरेको छ ।

आइएस समूहले दमास्कस र प्यालेस्टिनी शिविर यारमुक, हजार अल–असाद तथा तादामुन क्षेत्रमा आफ्नो उपस्थिति देखाउँदै आएको छ ।

पूर्वी गुटा क्षेत्रबाट द्वन्द्वको भुमरीबाट बच्नकै लागि आमनागरिकहरु विस्थापित हुनुपरेको हो ।
विद्रोहीको राम्रो आधारस्थलका रूपमा चिनिने गुटा क्षेत्रमा सरकारी फौजले विगत एक महिनायता चलाएको कारवाहीपछि ठूलो संख्यामा सर्वसाधारण पलायन भई सुरक्षितस्थलतर्फ गएको सिरियाली सेनालाई उद्धृत गर्दै सानाले जनाएको छ ।

सिरियाली राज्य सञ्चालित टेलिभिजनले पनि करिब चार लाख जनसंख्या रहेको गुटाबाट विस्थापित हुनेहरुको संख्या बढीरहेको समाचार प्रसारण गरेको छ ।

विस्थापित सबैजना सिरियाली सेनाले मानवीय सहयोगका लागि खुला गरेको बाटोे प्रयोग गर्दै गुटाबाट बाहिरिएका विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu