ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर–कोरियाली शिखर बैठक तयारी, टुंगिएला ६० वर्षे किचलो ?


admin
२१ चैत्र २०७४, बुधबार   ४ : २१   बजे

कोरिया, २१ चैत। दुई कोरियाबीचको तनावबाट मुख्य रुपमा घेरामा परेको सीमावर्ती गाउँ पानमुनजोमले अप्रिलको अन्त्यतिर विशेष अतिथिलाई स्वागत गर्ने तयारी गर्दैछ । ती व्यक्ति हुन् उत्तर कोरियाली नेता किम जोङ–उन । उनले अन्तर-कोरियाली शिखर बैठकका निम्ति यही गाउँको बाटो प्रयोग गर्दैछन् ।

दुई कोरिया अर्थात् उत्तर कोरिया र दक्षिण कोरियाको विभाजनको मुख्य बिन्दु नै पानमुनजोम हो । दुई कोरियाको विभाजनको संकेत गर्ने पानमुनजोममै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली नेता किम जोन–उनबीच पहिलो शिखर बैठक हुँदैछ ।

दुई नेताबीच अन्तर–कोरियाली वार्तास्थलका रुपमा परिचित शान्ति गृहमा शिखर बैठक गर्ने योजना बनाइएको छ । यो शान्ति गृह पानमुनजोमको दक्षिणतर्फ रहेको छ र गैरसैनिक क्षेत्रभित्र रहेको यही स्थानले दुई कोरियालाई विभाजन गरेको छ ।

दक्षिण कोरियाको राजधानी शहर सोेलबाट करिब ६० किलोमिटर उत्तरपश्चिममा रहेको पानमुनजोममै १९५०–५३ बीच चलेको घमासान कोरियाली युद्धपश्चात् शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतापश्चात् दुई कोरियाबीचको द्वन्द्व प्राविधिक रुपमा रोकियो तर स्थायी शान्ति भएन ।

दक्षिण र उत्तर कोरियाली सुरक्षा फौज पानमुनजोमको सानो भूभागमा आमनेसामने भएर बस्न थालेको साठी वर्षभन्दा बढी भइसक्यो । यो स्थानलाई अद्यापि संयुक्त राष्ट्रसंघीय कमाण्डले सुपरीवेक्षण गर्दछ ।

गतवर्ष नोभेम्बरमा एकजना उत्तर कोरियाली सैनिकले यही संयुक्त सुरक्षा क्षेत्र (जेएसए) को बाटो भएर नाटकीय रुपमा दक्षिण कोरियातर्फ भागे, तर उत्तर कोरियाली सैनिकले चलाएको गोली लागेर उनी घाइते भए ।

अहिले, उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमबाट एक वर्षदेखि बढ्दो तनावबीच उत्तर कोरियाली नेता किमको प्रस्तावित भ्रमणको तयारी कडा सुरक्षाबीच हुँदैछ । अन्तर–कोरियाली शिखर बैठक पानमुनजोममा पहिलो पटक हुन लागेको हो । यसअघि सन् २००० र सन् २००७ मा भएका दुईवटा यस्तै शिखर बैठकहरु उत्तर कोरियाको राजधानी शहर प्योङ्याङमा भएका थिए ।

पानमुनजोममा दक्षिण र उत्तर कोरियाका दुईवटा सरकारी भवन रहेका छन् । एउटा सभा हल र अर्को अन्तर–कोरियाली सीमा सञ्चारसम्बन्धी सम्पर्क कार्यालय रहेको भवन । दक्षिण कोरिया सरकारले अहिले उत्तर कोरियाली अतिथिहरुको स्वागतका लागि शान्ति गृहलाई पुनःनिर्माण गरिरहेको छ । यस भवनमा इन्टरनेटको जडान र अन्य आवश्यकीय कार्यहरु भइरहेका छन् ।

तीनतले सभा भवन रहेको शान्तिगृह सन् १९८९ मा निर्माण गरिएको थियो । जेएसएको सीमापारि उत्तर कोरियाले तोन्गिलगाक नामको यस्तै भवन सन् १९८५ मा निर्माण गरेको छ र यसलाई अन्तर–कोरियाली संवादका लागि प्रयोग गरिन्छ । सिओलस्थित एकीकरण मन्त्रालयका अनुसार, सन् १९७१ यता दुई कोरियाबीच ६५० भन्दा बढी वार्ता भएका छन् र करिब ५५ प्रतिशत वार्ता यही पानमुनजोममा भएका थिए ।

यो सम्मेलन भवनको निरीक्षणमा जान चाहने पत्रकारहरुलाई प्रवेशमा अवरोध गरिएको छ । तथापि धेरै कामदार अहिले भवनको प्रवेशद्वारलाई सजिसजाउ गर्न खटेको पाइएको छ । “यो ठूलै स्तरको पुनःनिर्माण होइन । तर मर्मत सम्भारको काममा कठिनाइ हुने भएकाले संवाददाताहरुलाई प्रवेशमा निषेध गरिएको हो,” सिओलस्थित एकीकरण मन्त्रालयका एकजना अधिकारीले बताए ।

मन्त्रालयका अनुसार, प्योङ्याङबाट उत्तर कोरियाली प्रतिनिधिमण्डललाई पानमुनजोन पुग्न मोटरमा तीन घण्टाभन्दा कम समय लाग्नेछ । तर, किमले खाली खुट्टाले हिँडेर वा कारमा चढेर कसरी सीमा पार गर्ने हुन् भन्ने थाहा छैन । यहाँ यिनै दुई विकल्पमात्र छन् ।

किमले चढ्ने कारले जेएससँगैको ७२–घण्टे पुललाई छिचोलेर आउने छ र किमले जेएसएमा रहेका दुईवटा अस्थायी नीला भवनहरु पार गर्नेछन् । तर, किमले यो सीमा कारबाटै पनि पार गर्न सक्नेछन् । सम्पर्क कार्यालय रहेको पानमुनगोक नजिक हुँदै शान्ति गृहसम्म कारबाटै उनी पुग्न सक्नेछन् ।

“यिनै दुईवटा सम्भाव्य मार्गहरु हुन् । तर दुई कोरियाबीचको सम्झौतापश्चात् नै कुन बाटो प्रयोग गर्ने भन्नेमा निर्णय हुनेछ,” मन्त्रालयका अधिकारीले बताए । दुवै कोरियाले सन् १९९२ मे महिनामा पानमुनजोममा सम्पर्क कार्यालय खोल्न सहमति जनाएका थिए र त्यस कार्यालयमा दुईवटा प्रत्यक्ष टेलिफोन लाइन जडान गरिएका छन् । दुई कोरियाबीच कूल ३३ वटा सञ्चार लाइन जडान गरिएको छ ।

दक्षिण कोरियाको कार्यालय फ्रिडम हाउसमा रहेको छ भने उत्तर कोरियाको कार्यालय पानमुकगाक भवनमा रहेको छ । जेएसएको सीमावर्ती क्षेत्रमा आमुन्नेसामुन्ने यी दुई भवन ठडिएका छन् ।

उत्तर कोरियाले दुई वर्षदेखि अवरुद्ध सञ्चार सम्पर्क यसै वर्षको जनवरीबाट पुनः खोलेको थियो । साथै, उत्तर कोरियाले प्योचाङमा सम्पन्न हिउँदे ओलम्पिकमा एथ्लेटिक्स खेलाडी, संगीतकर्मी र केही कलाकारलाई पठाएको थियो ।

दक्षिण कोरिया सरकारले सीमावर्ती उत्तर कोरियामा सञ्चालित काइसोङ संयुक्त औद्योगिक कम्प्लेक्स बन्द गरेको प्रतिशोधस्वरुप प्योङ्याङले सीमावर्ती सञ्चार तथा सैनिक च्यानल फेब्रुअरी २०१६ मा बन्द गरेको थियो ।

हटलाइन सञ्चार सम्पर्क पुनःस्थापित भएपछि सम्पर्क अधिकारीहरु ओलम्पिकमा उत्तर कोरियाको सहभागिताका बारेमा विस्तृत विवरण संग्रह गर्न व्यस्त भएका थिए । आजभोलि, उनीहरु अप्रिल अन्त्यतिर हुने शीर्ष बैठकको बारेमा कुराकानी गरिरहेका छन् ।

बिदाका दिनहरुमा, पानमुनजोम च्यानल बिहान ९ देखि अपराह्न ४ बजेसम्म चल्छ । सप्ताहान्तमा, दुवै पक्षबीच सहमति भए सञ्चार सम्पर्क खुल्छ । “जनवरीदेखि नै सञ्चार यतिखेर बन्द हुन्छ भन्ने नै छैन । राति ७ बजेपछि पनि दैनिक सम्पर्क भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu