ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ


एबीसी न्यूज
२८ माघ २०८२, बुधबार   १० : ०१   बजे

काठमाडौं २८ माघ, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानसँग सम्बन्धित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । बल प्रयोग गर्दा समस्याहरू झन् बल्झिने मस्कोको ठहर रहेको उहाँले बताउनु भयो । मस्कोमा आयोजित भाल्डाई इन्टरनेशनल डिस्कसन क्लवको साइडलाइनमा भएको मध्यपूर्व सम्मेलनमा बोल्दै लाभरोभले आफूहरु इरानसँग सम्बन्धित घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो । ओमानको सल्तनतले प्रश्ताव गरेको मध्यस्थता प्रयासको स्वागत गरेको पनि बताउनु भयो । अमेरिकी राष्ट्रपतिले इरानलाई नयाँ परमाणु सम्झौताका लागि बाध्य पार्ने प्रयासस्वरूप निरन्तर चेतावनी दिइरहेका बेला ट्रम्प प्रशासनले मध्यपूर्वमा एउटा विमानवाहक युद्धपोत स्ट्राइक समूह र धेरै युद्धपोतहरू तैनाथ गरेको छ । मस्को इरानको भविष्यलाई लिएर चिन्तित रहेको र इरान तथा खाडीका अरब राष्ट्रहरूको सहयोग परिषद्बीचको सम्बन्ध पूर्णरूपमा सामान्यीकरण होस् भन्ने पक्षमा रुस रहेको लाभरोभले बताउनु भयो । उहाँको विचारमा इरान र साउदी अरबबीच कुटनीतिक सम्बन्धको पुनस्र्थापनाले यसका लागि आवश्यक आधार तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group