ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले


एबीसी न्यूज
२ असार २०८३, मंगलबार   ७ : १७   बजे

काठमाडौं, २ असार । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

साउदी अरबले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा अद्दुलेलाह अल अमिरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन । मियामी रङ्गशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो । उसले खेलको ८० औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको छ । उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन् । दुवै टोलीले एकरएक अङ्क बाँडेका छन् ।

यस्तै स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘एच’ अन्तर्गत अमेरिकाको एटलान्टामा गए राति भएको खेलमा सन् २०१० को विश्वविजेता स्पेनले केप भर्डेलाई खेल अवधिभर दबाब दिए पनि गोल गर्न सकेन । खेल गोलरहित बराबरीमा सकिएको हो । केप भर्डेका गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्त्वपूर्ण एक अङ्क दिलाए ।

त्यस्तै, समूह ‘जी’को आज बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ । बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । इजिप्टले १९औँ मिनेटमा इमाम आशौरको गोलमार्फत अग्रता लिएको थियो । तर दोस्रो हाफको ६६औँ मिनेटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो ।

१(१ गोलको बराबरी भएसँगै दुवै टोलीले अङ्क बाँडेका छन् । अहिले बिहान पौने ७ बजे इरान र न्युजिल्याण्डले खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

चाडपर्व नजिकिएसँगै आयातका लागि एलसी खुल्न थाल्यो, बैंकिङ प्रणालीको तरलता चलायमान हुने अपेक्षा

साउन १ गते नै मौद्रिक नीति जारी गर्न अर्थसमितिको प्रस्ताव

आर्थिक मन्दीको असर : मधेशमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu