ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्ज : धर्मगुरुको मित्रता जसले सद्भावको शहर बनायो


Uki-Abcnews.com.np
१८ श्रावण २०८३, सोमबार   ६ : ३५   बजे
नेपालगन्ज  — पश्चिम नेपालको आर्थिक र राजनीतिक केन्द्र नेपालगन्ज देशैभरि सद्भाव र एकताको शहरका रूपमा परिचित छ । मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको यो शहरलाई यो उपाधि दिलाउन धर्मगुरुहरूको अग्रणी भूमिका रहेको छ ।
दुई धर्मगुरु, एक मित्रता
वागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम समुदायका धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीको मित्रता नेपालगन्जको सद्भावको प्रतीक बनेको छ । उहाँहरूको सम्बन्ध अति घनिष्ठ मात्र होइन, निकै आत्मीय र प्रेमपूर्ण छ । दुवै जना सँगै घुम्नुहुन्छ, सँगै पान खान बजार जानुहुन्छ, एउटै मोटरसाइकलमा बसेर सहरका विभिन्न ठाउँ पुग्नुहुन्छ ।
उहाँहरूबिच हरेक दिन कम्तीमा एक पटक भेट हुन्छ । भेट नभएमा मोबाइलबाट भलाकुसारी हुन्छ । एक जना बिरामी पर्दा अर्कोले हालखबर बुझ्न घर पुग्नुहुन्छ । एउटाको घरमा कार्यक्रम भयो भने अर्को अनिवार्य उपस्थित हुनुहुन्छ ।
सद्भावको रक्षक
२०६३ सालमा नेपालगन्जमा तनाव फैलाउन खोजिँदा महन्त योगी र मौलाना मन्जरी सँगै उभिनुभएको थियो । त्यसपछि उहाँहरूले अन्य धर्मका गुरुलाई पनि समेटेर धार्मिक सद्भाव सञ्जाल गठन गर्नुभयो । त्यसयता सो सञ्जालले निरन्तर सद्भाव र एकताका लागि काम गर्दै आएको छ । बर्सौंदेखि आपसमा मिलेर बसेको समुदायमा फाटो ल्याएर स्वार्थको रोटी सेक्नेसँग सचेत हुँदै स्थानीयलाई सचेत र शिक्षित गराउँदै आएको छ ।
पूर्वी घटनापछिको चिन्ता
पछिल्लो समयमा सुनसरी र सिराहामा भएको दुःखद घटनाले दुवै धर्मगुरुको मन निकै दुःखी र चिन्तित बनायो । त्यसको प्रभाव नेपालगन्जमा पनि पर्ने हो कि भन्ने चिन्ताले गम्भीर बनाएको महन्त योगीले बताउनुभयो । उहाँले धार्मिक सद्भाव र्‍यालीमा सक्रिय सहभागिता जनाउनुभएको छ । खुट्टाको समस्याले यस पटकको र्‍यालीमा पुग्न नसके पनि मौलाना मन्जरीले घरबाटै फोन गरेर शान्ति र सद्भावका लागि अपिल र समन्वय गरिरहनुभएको छ ।
धर्मको सन्देश : मानवताको रक्षा
कतिपयलाई महन्त र मौलानाको दोस्ती मन परेको छैन, तर त्यसलाई बेवास्ता गर्दै महन्त योगी भन्नुहुन्छ, “हामी सँगसँगै हुँदा न त म मुस्लिम भएको छु, न त मेरो हिन्दु धर्मप्रतिको आस्था कमजोर भएको छ । न त मौलाना हिन्दु हुनुभएको छ न उहाँको पनि आस्था कमजोर भएको छ । बरु हामी दुवैले धर्मको असली सन्देश मानवताको रक्षा बुझेर अगाडि बढिरहेका छौँ ।”
प्रशासनको विश्वास
नेपालगन्जमा हुने कुनै पनि चाडपर्व वा धार्मिक समारोहअघि स्थानीय प्रशासनले महन्त योगी र मौलाना मन्जरीलाई बोलाएर शान्ति र सद्भावका लागि सहयोग गर्न आग्रह गर्छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पूर्वी क्षेत्रको हावालाई नेपालगन्जमा पुग्न नदिन महन्त र मौलानालगायत अन्य धेरैले सकारात्मक कार्य गरिरहेको बताउनुभयो । उहाँले शान्ति भङ्ग गर्ने, सद्भाव बिगार्ने र अनावश्यक भ्रम फैलाउनेमाथि कडा निगरानी भइरहेको जनाउनुभयो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजारमा पुनः एलपी ग्यास अभाव, उपभोक्ता मारमा

नयाँ सरकारको पहिलो पहल : राष्ट्रिय सभामा दुई विधेयक दर्ता

सम्बन्धित

फोक्सोको क्यान्सर : नेपालमा मौन हत्याराको बढ्दो चेतावनी

पेट्रोलियम पदार्थको मूल्य बढाइयो

‘लगानीकर्ता निर्देशिका २०२६’ ले आकर्षित होला त वैदेशिक लगानी ?

‘पेप्सीकोला कता हो ?’ भन्दै सुन लुट्ने ‘मेलम्ची ग्याङ’ कर्माले यसरी मच्चाउथ्यो लुटपाट

९६० मेगावाट सौर्य योजनामध्ये ढिलाइ, दुई वर्षपछि पनि ३४६ मेगावाट निर्माण सुरु भएन

‘निर्वाचन होइन, हिंसाबाट सत्ता परिवर्तनको सोच बढ्दैछ’ : वरिष्ठ अधिवक्ता अधिकारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu