काठमाडौं । लालबकैया नदीमा बाढी आएको छ । सोमबार (साउन १८) बिहान मकवानपुरको जुरेली बजारस्थित लालबकैया नदीमा बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदी आसपास क्षेत्रमा आज बेलुकासम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“साउन १८, बिहान १०ः२० बजे । लालबकैया नदी जुरेली बजार, मकवानपुरमा बाढी बढिरहेकोले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुकासम्मै सतर्क रहनुहोला,” विभागले भनेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्