ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   १० : ४५   बजे

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा शरणार्थीको मान्यता माग्दै आवेदन दिने नेपालीमध्ये ठूलो संख्याको आवेदन अस्वीकृत भएको तथ्य सार्वजनिक भएको छ। ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘रिफ्युजी इन नम्बर्स, २०२६’ प्रतिवेदनअनुसार सन् २०२५ मा नेपालीका ९२५ वटा शरणार्थी आवेदन अस्वीकृत भएका छन्, जसले नेपाललाई आवेदन अस्वीकृत हुने देशहरूको सूचीमा पाँचौं स्थानमा राखेको छ।

प्रतिवेदनअनुसार सन् २०२५ मा ब्राजिलले कुल २५ हजार ५३८ शरणार्थी आवेदन अस्वीकृत गरेको थियो। सबैभन्दा धेरै भेनेजुएलाका ६ हजार ३८२, त्यसपछि क्युबा, एङ्गोला, चीन र नेपालका नागरिकका आवेदन अस्वीकृत भएका हुन्। अस्वीकृत भएका नेपालीमध्ये ८५८ पुरुष, ६६ महिला र एक जनाको पहिचान खुल्न नसकेको उल्लेख गरिएको छ।

यद्यपि ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले सन् २०२६ मा नेपालीले नयाँ शरणार्थी आवेदन दिएको जानकारी आफूहरूसँग नरहेको बताएका छन्। उनका अनुसार प्रतिवेदनमा उल्लेख भएका अधिकांश आवेदन सन् २०२४ मा दर्ता भएर प्रक्रियामा रहेका हुनसक्छन्।

ब्राजिलमा शरणार्थीको हैसियत माग्ने अधिकांश नेपाली मानव तस्करको प्रलोभनमा परेर अमेरिका पुग्ने उद्देश्यले त्यहाँ पुगेका हुने गरेको पाइएको छ। तस्करले प्रतिव्यक्ति ८० लाख रुपैयाँभन्दा बढी रकम लिएर ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अमेरिका पुर्‍याउने आश्वासन दिने गरेका छन्।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि आप्रवासन नीतिमा कडाइ गरिएसँगै दक्षिण अमेरिकी मार्ग हुँदै अमेरिका प्रवेश गर्ने क्रम उल्लेख्य रूपमा घटेको छ। ट्रम्प प्रशासनले अवैध रूपमा अमेरिका प्रवेश गरेका सयौं नेपालीलाई चार्टर्ड विमानमार्फत नेपाल फिर्ता पठाइसकेको छ। पछिल्लो डेढ वर्षमा मात्रै करिब ७ सय नेपाली डिपोर्ट भइसकेका छन्।

ब्राजिलमा शरणार्थीको आवेदन दिनुको मुख्य उद्देश्य त्यहाँको अध्यागमन नियन्त्रणबाट अस्थायी रूपमा मुक्त भई मानव तस्करको सहयोगमा उत्तरतर्फको यात्रा अघि बढाउनु रहेको अधिकारीहरूको विश्लेषण छ। आवेदन दर्ता गरेपछि तत्काल डिपोर्ट नहुने भएकाले अधिकांश नेपालीले ब्राजिल पुगेलगत्तै आफूलाई शरणार्थी घोषणा गर्दै प्रक्रिया सुरु गर्ने गरेका छन्।

अघिल्ला वर्षका प्रतिवेदनले पनि यही प्रवृत्ति देखाएका छन्। ‘रिफ्युजी इन नम्बर्स, २०२५’ अनुसार सन् २०२४ मा १ हजार ४३७ नेपालीले ब्राजिलमा शरणार्थीको हैसियत मागेका थिए, जुन अघिल्लो वर्षको तुलनामा झण्डै ४९ प्रतिशत बढी थियो। त्यतिबेला शरणार्थी आवेदन दिने विदेशीमध्ये नेपाली छैटौं ठूलो समूह थिए।

त्यस्तै, ‘रिफ्युजी इन नम्बर्स, २०२४’ प्रतिवेदनअनुसार सन् २०२३ मा ९६६ नेपालीले ब्राजिलमा शरणार्थीको आवेदन दिएका थिए भने ‘रिफ्युजी इन नम्बर्स, २०२२’ अनुसार सन् २०२१ मा यस्तो आवेदन दिने नेपालीको संख्या ५५ थियो। यसले पछिल्ला केही वर्षमा अमेरिका पुग्ने आशामा ब्राजिल हुँदै यात्रा गर्ने नेपालीको संख्या तीव्र रूपमा बढेको देखाउँछ।

प्रतिवेदनअनुसार शरणार्थी आवेदन दिने नेपालीमध्ये अधिकांश १५ देखि ३९ वर्ष उमेर समूहका छन् र सबैभन्दा धेरै आवेदन ब्राजिलको साओ पाउलो क्षेत्रमा दर्ता हुने गरेको छ। विशेषज्ञहरूका अनुसार मानव तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल सक्रिय रहँदासम्म यस्ता जोखिमपूर्ण यात्रा र त्यससँग जोडिएका मानवीय संकट रोक्न चुनौतीपूर्ण रहने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu