ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा–देउखुरी उद्योग वाणिज्य संघबीच सहकार्यको सहमति


ABC NEWS
२३ श्रावण २०८३, शनिबार   २ : २५   बजे

पोखरा । पोखरा उद्योग वाणिज्य संघ र दाङको देउखुरी उद्योग वाणिज्य संघले निजी क्षेत्रका साझा समस्या समाधान, लगानी प्रवर्द्धन तथा पर्यटन विकासमा सहकार्य गर्दै अगाडि बढ्ने सहमति गरेका छन्। दुवै संस्थाले उद्योगी–व्यवसायीका हितका लागि समान एजेन्डा बनाएर समन्वयात्मक रूपमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको अध्ययन तथा अवलोकन भ्रमणका क्रममा शुक्रबार पोखरा पुगेको देउखुरी उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले निजी क्षेत्रले भोगिरहेका चुनौती समाधानका लागि साझा दृष्टिकोण आवश्यक रहेको बताए।

उनले देशभर फैलिएको संरचना भएको नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहका उद्योगी–व्यवसायीका समस्या केन्द्रीय तहसम्म पुर्‍याएर नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य संघले उद्यम विकास, व्यवसाय प्रवर्द्धन, पर्यटन विस्तार र संस्थागत सुदृढीकरणका क्षेत्रमा गरेका अभ्यासबारे भ्रमण टोलीलाई जानकारी गराउँदै यस्ता अनुभव आदानप्रदानले संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरी क्षेत्रमा उद्योग, होटल, साहसिक पर्यटन तथा सेवा क्षेत्रमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै पोखराका व्यवसायीलाई त्यहाँ लगानी गर्न आग्रह गरे।

उनले देउखुरीको भौगोलिक अवस्थाले धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि विशेष अवसर सिर्जना गरेको बताउँदै भारतीय सीमा करिब ३४ किलोमिटरर राम जन्मभूमि अयोध्या १३४ किलोमिटरको दूरीमा रहेकाले धार्मिक पर्यटन विस्तारमा समेत सहकार्य गर्न सकिने बताए।

अध्यक्ष ठकुरीले पोखराबाट अयोध्या जाने धार्मिक पर्यटकका लागि देउखुरीलाई ट्रान्जिट तथा सेवा केन्द्रका रूपमा विकास गर्न उद्योग वाणिज्य संघ आवश्यक समन्वय गर्न तयार रहेको पनि बताए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोला, महासचिव शोभा गौतमलगायतले पनि दुई संस्थाबीचको सहकार्यले निजी क्षेत्रको सञ्जाल विस्तार, अनुभव आदानप्रदान तथा क्षेत्रीय आर्थिक गतिविधि प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

दुवै उद्योग वाणिज्य संघले पर्यटन, व्यापार, सेवा क्षेत्र र लगानी विस्तारका विषयमा आगामी दिनमा संयुक्त कार्यक्रम सञ्चालन गर्दै निजी क्षेत्रका साझा मुद्दालाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

विरासतभन्दा ठूलो नेतृत्व : कसरी एना बोटिन विश्व बैंकिङको सबैभन्दा प्रभावशाली महिलामध्ये एक बनिन्?

विद्युत्मा १३% भ्याट लगाउने निर्णय जनविरोधी : कुलमान घिसिङ

बजेट कार्यान्वयनसँगै विकास आयोजनाको ठेक्का प्रक्रिया तीव्र, मिटर अभाव पनि घट्दै : ऊर्जामन्त्री श्रेष्ठ

हुलास फिनसर्भको नाफामा ८४ प्रतिशत उछाल, कर्जा लगानी १२ अर्ब नाघ्यो

कामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत नगद लाभांश घोषणा

रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत, साउन २५ देखि कारोबार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu