ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकासँग युद्धको अवस्था आयो – रुस


एबीसी न्यूज
३० चैत्र २०७४, शुक्रबार   ८ : १२   बजे

काठमाडौं , ३० चैत, । रुसले अमेरिकासँग युद्धको अवस्था बन्ने बताएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयले यतिबेला अमेरिका र रुसबीच तिक्ताता बढ्दै गएपछि दुवै देशले आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् ।

पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा आक्रमण गर्छ भने अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् । उनले युद्धका कुनै पनि सम्भावनालाई इन्कार गर्न नसकिने बताए । उनले अमेरिकाको रवैयाले विश्व शान्ति खलबलिने चेतावनीसमेत दिएका छन् ।

आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र व्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक हमलाको जवाफ कसरी दिने भनेर छलफल गर्न सक्नेछन् बताएको छ । यद्यपि ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीको बारेमा कुनै निर्णय भइनसकेको स्पष्ट पारेको छ ।

यसअघि सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा रसायनिक हमला हुँदा कयौं व्यक्ति मारिएका थिए । सो आक्रमणमा सिरियाका सेनालाई सघाउँदै आएको रुसको हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर, रुसले आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ल्याटिन अमेरिका भ्रमणसमेत रद्द गरेका थिए । भ्रमण रद्दलार्इ आक्रमणको सम्भावनासँग जोडेर हेरिएको थियो ।

त्यसअघि ट्विटरमार्फत ट्रम्पले आक्रमणको सामना गर्न तयार रहन चेतावनी दिएका थिए । ११ अप्रिलमा ट्रम्पले भनेका थिए, ‘रुस आफ्नो साथी सिरियामाथि भएको मिसाइल आक्रमण हेर्न तयार भए हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu