ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एथरले ल्याउँदै ‘कोनार्क’ इलेक्ट्रिक स्कुटर, मध्यम वर्गलाई लक्षित


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ११ : ३५   बजे

काठमाडौं । भारतीय इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी एथर इनर्जीले नयाँ बजेटमैत्री इलेक्ट्रिक स्कुटर ‘कोनार्क’ सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले ‘कोनार्क’ नामको नयाँ ट्रेडमार्क दर्ता गरेसँगै नयाँ स्कुटरबारे अटोमोबाइल बजारमा चर्चा बढेको हो।

आधुनिक तथा प्रिमियम फिचरयुक्त ४५० सिरिजका स्कुटरका लागि परिचित एथरले अब तुलनात्मक रूपमा कम मूल्यमा गुणस्तरीय इलेक्ट्रिक स्कुटर खोज्ने मध्यम वर्गीय ग्राहकलाई लक्षित गर्ने रणनीति लिएको देखिन्छ। कम्पनीले यसअघि आफ्नो पहिलो ‘फेमिली स्कुटर’का रूपमा रिज्टा सार्वजनिक गरेको थियो।

‘कोनार्क’ रिज्टाको नयाँ भेरियन्ट वा त्यसभन्दा कम मूल्यको छुट्टै मोडल हुन सक्ने अनुमान गरिएको छ। यो स्कुटर दैनिक सहरी यात्रा तथा पारिवारिक प्रयोगलाई केन्द्रमा राखेर विकास गरिने अपेक्षा गरिएको छ। फराकिलो सिट र पर्याप्त स्टोरेज स्पेस यसका प्रमुख विशेषता हुन सक्ने बताइएको छ।

किफायती मूल्य कायम गर्न एथरले आफ्ना प्रिमियम मोडलमा उपलब्ध केही महँगा फिचर कटौती गर्न सक्ने सम्भावना छ। टचस्क्रिन ड्यासबोर्डको सट्टा सामान्य एलसीडी डिस्प्ले तथा आधारभूत कनेक्टिभिटी फिचर प्रयोग गर्न सकिने अनुमान छ। यद्यपि, सवारीको सुरक्षा र निर्माण गुणस्तरमा भने सम्झौता नगर्ने अपेक्षा गरिएको छ।

‘कोनार्क’ले भारतमा ओला एस१ एयर, टीभीएस आईक्युब र बजाज चेतक जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। विशेषगरी कम मूल्यमा राम्रो रेन्ज, बलियो निर्माण र भरपर्दो प्रदर्शन खोज्ने ग्राहकलाई लक्षित गर्दै एथरले नयाँ मोडल ल्याउन लागेको देखिन्छ।

कम्पनीले ‘कोनार्क’को आधिकारिक मूल्य र सार्वजनिक गर्ने मिति भने घोषणा गरेको छैन। नेपाली बजारमा पनि एथरका स्कुटरको माग रहेकाले भारतमा सार्वजनिक भएपछि यो मोडल नेपालमा समेत आउने सम्भावना रहेको छ।

रिज्टापछि नयाँ प्रयास

एथरले ‘रिज्टा’लाई पारिवारिक प्रयोगका लागि बजारमा ल्याएको थियो। अब ‘कोनार्क’ रिज्टाकै विस्तारका रूपमा आउने हो वा छुट्टै मोडलका रूपमा बजारमा प्रवेश गर्ने हो भन्ने विषय भने अझै स्पष्ट भएको छैन।

‘कोनार्क’ नाम किन?

‘कोनार्क’ नाम भारतको प्रसिद्ध कोनार्क सूर्य मन्दिरबाट प्रेरित भएको बताइएको छ। सूर्य, शक्ति र ऊर्जासँग जोडिएको यो नामलाई एथरले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटरका लागि प्रयोग गर्न लागेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

सम्बन्धित

मातृभाषामा पत्रकारिता लोकतन्त्र सुदृढीकरणको आधार : मन्त्री गौतम

ईभीको भविष्य ब्याट्रीमा निर्भर, सोलिड–स्टेटदेखि अल्ट्राफास्ट चार्जिङसम्म प्रतिस्पर्धा

गाडी किन्न बैंकको तछाडमछाड, उद्योग चलाउन किन कर्जा संकट?

ग्लोबल आइएमई क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउँदै

बढ्दो खराब कर्जाले दबाबमा बैंकिङ क्षेत्र, नाफादेखि नयाँ कर्जा प्रवाहसम्म असर

अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu