ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआईसी एसिया बैंकले असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न आग्रह


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ६ : २५   बजे

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्ना खातावाला ग्राहकलाई राष्ट्रिय परिचयपत्र भए वा नभएको विवरण स्वघोषणा गरी आगामी २०८३ असोज मसान्तभित्र अद्यावधिक गर्न आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा भएको व्यवस्थाअनुसार खातावालाले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा गरी अद्यावधिक गर्नुपर्ने भएकाले बैंकले यस्तो आग्रह गरेको हो।

बैंकका अनुसार ग्राहकले मोबाइल बैंकिङ एप तथा बैंकको वेबसाइटमा उपलब्ध आईसर्भमार्फत सहज रूपमा राष्ट्रिय परिचयपत्रको विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन्। मोबाइल बैंकिङ एपमा लगइन गरी Banking Services अन्तर्गत Update NID मार्फत विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।

त्यसैगरी, ग्राहकले आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको कुनै पनि शाखा कार्यालयमा पुगेर समेत राष्ट्रिय परिचयपत्रको विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन्।

विदेशमा रहेका नेपालीलाई पनि आग्रह

बैंकले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै रहेर अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका आवश्यक कागजातका आधारमा बैंक खाता खोल्न सक्ने जनाएको छ।

यसरी खाता खोलेका ग्राहक नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ।

बैंकले निर्धारित समयभित्र राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण स्वघोषणा तथा अद्यावधिक गरी बैंकिङ विवरण अद्यावधिक राख्न आफ्ना सबै ग्राहकलाई अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जेनजी अभियन्तासहित तीन जनाको धरौटी रकम बढी भएको सर्वोच्चको ठहर

सम्बन्धित

शेयर बजार सुधारका लागि छोटेलाल रौनियारका १५ बुँदे सुझाव, पुँजीगत लाभकर घटाउन माग

डब्लिनमा एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन सुरु

१० मेगावाटमुनिका जलविद्युत् आयोजनाको पीपीए अघि बढाउने तयारी

सालको पातबाट दुनाटपरी बनाउँदै कञ्चनपुरका महिला, गाउँमै रोजगारी र आम्दानी

एनसेल लगानीकर्तामाथि धरपकडले लगानीको वातावरणमा प्रश्न उठायो : डिल्लीराम श्रेष्ठ

सिटौलाको असन्तुष्टि : ‘गलत बाटोबाट कांग्रेस कब्जा गर्ने प्रयास भयो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu