ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन यातायात व्यवसायीको माग


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ६ : ४५   बजे

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट प्रदान गर्दै वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाको नेतृत्वमा गएको टोलीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ११ बुँदे मागपत्र बुझाउँदै सार्वजनिक यातायात क्षेत्रका समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको हो।

महासंघका अनुसार सार्वजनिक यातायात क्षेत्रमा करिब १३ खर्ब रुपैयाँ लगानी रहेको छ भने यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ४० लाख परिवार आश्रित छन्। यातायात क्षेत्रको लगानी र यसमा निर्भर परिवारको सुरक्षाका लागि सरकारले स्पष्ट नीति र तत्काल सुधारका कदम चाल्नुपर्ने महासंघको माग छ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग

महासंघले पूर्वसचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

त्यस्तै, मोटर बिमा दर निर्देशिका, २०७३ लाई समयसापेक्ष रूपमा परिमार्जन गर्न तथा बिमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन पनि महासंघले अर्थमन्त्रीसँग आग्रह गरेको छ।

यातायात व्यवसायीले दुर्घटनाबाट प्रभावित यात्रु तथा परिवारलाई राहत उपलब्ध गराउन छुट्टै ‘दुर्घटना राहत कोष’ स्थापना गर्न प्रस्ताव गरेका छन्।

महासंघले डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र विद्युतीय सवारीमा प्रतियुनिट एक रुपैयाँ अतिरिक्त शुल्क उठाएर कोष निर्माण गर्न सुझाव दिएको छ।

त्यसमा बिमा प्रिमियमको एक प्रतिशत तथा सरकारका तर्फबाट समेत रकम विनियोजन गरी कोषलाई बलियो बनाउनुपर्ने महासंघको प्रस्ताव छ।

महासंघले सवारी साधनको आयातमा आवश्यक कडाइ गर्नुपर्ने माग पनि अघि सारेको छ।

भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक तथा यात्रुवाहक सवारीलाई दिइँदै आएको ७२ घण्टे सुविधा खारेज गर्नुपर्ने महासंघको माग छ। यसबाट नेपाली सार्वजनिक यातायात व्यवसायीलाई असमान प्रतिस्पर्धाको अवस्था सिर्जना भएको महासंघको भनाइ छ।

त्यस्तै, कम्पनी ऐन संशोधन गरी यातायात व्यवसायलाई व्यवस्थित गर्न तथा समान कर प्रणाली लागू गर्न पनि माग गरिएको छ।

महासंघले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन अनुदानको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

यातायात क्षेत्रको प्रभावकारी नियमन, व्यवस्थापन र दीर्घकालीन विकासका लागि शक्तिशाली ‘यातायात प्राधिकरण’ गठन गर्नुपर्ने मागसमेत महासंघले राखेको छ।

काठमाडौं उपत्यकामा टिपर सञ्चालनका लागि तोकिएको समयसम्बन्धी व्यवस्थालाई समेत पुनरावलोकन गर्न व्यवसायीले आग्रह गरेका छन्।

मागपत्र बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यातायात व्यवसायीले उठाएका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताए।

उनले महासंघका माग तथा सुझावबारे मन्त्रालयले आवश्यक अध्ययन गरी उपयुक्त निर्णय लिने आश्वासन दिएका छन्।

महासंघले भने सार्वजनिक यातायात क्षेत्रको ठूलो लगानी, रोजगारी र सर्वसाधारणको दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले समस्याको दीर्घकालीन समाधानका लागि सरकार र व्यवसायीबीच निरन्तर संवाद र स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

सम्बन्धित

निद्रा नआएको अनुभूति सधैँ वास्तविक नहुन सक्छ : जैविक घडीले बढाउन सक्छ चिन्ता

धौलागिरि प्रादेशिक अस्पतालमा गर्भवतीलाई एकपटक निःशुल्क भिडियो एक्सरे

आजदेखि नाइमा मोबिलिटी एक्स्पो, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

पूर्ण अपाङ्गता भएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

कार्गो रेल चल्यो, तर नेपाली भन्सार क्षेत्र उद्योगीको रोजाइमा परेन

कैलालीमा ३४ लाखबराबरको भन्सार छलीका सामान बरामद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu