काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मोबिलिटी र कनेक्टिभिटी आर्थिक विकासका मुख्य आधार भएको बताउनुभएको छ। नाइमा एक्स्पो २०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने धारणा राख्नुभयो।
अध्यक्ष श्रेष्ठले नेपालमा अटोमोबाइल क्षेत्रमा उच्च भन्सार दर कायम रहेको भन्दै नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। सुरक्षित, दिगो र प्रविधिमैत्री यातायात प्रणालीका लागि कनेक्टिभिटी, ऊर्जा र प्रविधिको विकासमा जोड दिनुपर्ने उहाँको भनाइ छ।
काठमाडौं उपत्यकामा सवारी साधनको संख्या बढे पनि सडक तथा आधुनिक पूर्वाधार विकास सोहीअनुसार हुन नसकेको उहाँले बताउनुभयो। सवारी साधनको संख्या बढेको अनुपातमा ट्राफिक प्रहरीको जनशक्ति नबढ्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको उहाँको भनाइ छ।
श्रेष्ठले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले पूर्वाधारमा लगानी बढाउनुका साथै अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक नीतिगत सुधार गर्नुपर्ने बताउनुभयो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्