ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ ब्रान्ड सहभागी


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १२ : ०५   बजे

 

काठमाडौं । भृकुटीमण्डपमा आजदेखि नाइमा मोबिलिटी एक्स्पो–२०२६ सुरु भएको छ। ६ दिनसम्म सञ्चालन हुने एक्स्पोमा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएको छ। आयोजकका अनुसार साउन ३१ गतेसम्म चल्ने प्रदर्शनीमा ५५ वटा ब्रान्ड सहभागी छन्।

एक्स्पोमा ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले उत्पादक तथा आयातकर्ताहरू मिलेर एक वर्षअघि संस्था स्थापना गरिएको बताइन्। सुरुवातमा २१ सदस्य रहेको नाइमा हाल ३६ सदस्य पुगेको उनले जानकारी दिइन्।

अध्यक्ष वैद्यले नेपालको यातायात क्षेत्र क्रमशः विद्युतीय सवारीसाधनतर्फ अघि बढिरहेको बताउँदै यसले हरित अर्थतन्त्र निर्माणमा समेत योगदान पुर्‍याउने बताइन्। उनका अनुसार मोबिलिटी सवारीसाधनमा मात्र सीमित नभई विभिन्न क्षेत्र र सेवामा पहुँचसँग पनि जोडिएको विषय हो।

सरकारले नीति निर्माण गर्दा सम्बन्धित व्यवसायी तथा सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्नेमा जोड दिँदै वैद्यले नेपालमा अटो कम्पोनेन्ट उद्योग स्थापना गर्न सरकारले प्रोत्साहन गरे एसेम्बल प्लान्टलाई सफल बनाउन सहज हुने बताइन्।

सडक सुरक्षा र सवारी व्यवस्थापनमा जोड

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सडक सुरक्षा र सवारी व्यवस्थापनलाई महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने बताए।

सडकमा सञ्चालन हुने सवारीसाधन जति सुरक्षित हुन्छन्, समाजका लागि त्यति नै राम्रो हुने उनको भनाइ थियो। नेपाल प्रहरीले ट्राफिक सचेतना तथा सवारी व्यवस्थापनमा काम गरिरहेको उल्लेख गर्दै उनले सडक दुर्घटनामा चालकको लापरबाही देखिए पनि सवारीसाधनको इन्जिनियरिङ पक्ष पनि उत्तिकै महत्वपूर्ण हुने बताए।

उनका अनुसार गएको आर्थिक वर्षमा सडक दुर्घटनामा करिब २ हजार ७ सय जनाले ज्यान गुमाएका थिए भने ४७ हजार ५ सय जना घाइते भएका थिए। दुर्घटनामा मोटरसाइकलको हिस्सा करिब ५९ प्रतिशत रहेको बताइएको छ।

पछिल्ला वर्षमा नेपालमा विभिन्न ब्रान्डका सवारीसाधन भित्रिए पनि बिक्रीपछिको सेवा पर्याप्त नभएको गुनासो बढिरहेको महानिरीक्षक कार्कीले बताए। उनले सवारीसाधन प्रयोग गर्ने शिक्षित व्यक्तिहरूबाट समेत जथाभावी पार्किङ हुने गरेको भन्दै यसले सडक व्यवस्थापनमा समस्या सिर्जना गरेको बताए।

लगानीदेखि ब्याट्री व्यवस्थापनसम्म छलफल

एक्स्पोमा ६ दिनसम्म विभिन्न विषयमा ‘अटो संवाद’ सञ्चालन गरिने आयोजकले जनाएको छ। संवादमा अटो क्षेत्रमा लगानी, विद्युतीय सवारीसाधनको ब्याट्री व्यवस्थापन, नयाँ प्रविधि तथा नेपालको मोबिलिटी क्षेत्रका सम्भावनालगायत विषयमा छलफल गरिनेछ।

आयोजकका अनुसार एक्स्पोले नेपालमा विद्युतीय तथा आधुनिक सवारीसाधनको बढ्दो प्रयोग, प्रविधि र अटोमोबाइल क्षेत्रमा भइरहेको परिवर्तनबारे उपभोक्ता तथा सरोकारवालालाई जानकारी दिने अवसर प्रदान गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

रसुवाको बाढीले ४३१ मेगावाटभन्दा बढीका ऊर्जा आयोजना प्रभावित

म्याग्दीमा गहना चोरी गर्ने बारा–पर्साका पाँचजना पक्राउ, यसअघि पनि चोरीमा संलग्न

🚨 रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक अन्योलमा, प्रधानमन्त्रीको जवाफ दिने कार्यसूची प्रभावित हुनसक्ने

धितोपत्र तथा बीमा ऐनविपरीत कारोबार गरेको आरोपमा चार जना पक्राउ

रसुवाको बाढीले ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक अनुमान (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu