पर्सा । प्रहरीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा मोटरसाइकल रोकेर खानतलासी गर्दा रकम बरामद गरेको हो।
पक्राउ पर्नेमा भारत विहारका २६ वर्षीय सुरज कर्ण, बाराका ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार दरका ४० लाख ५ हजार, ५ सय दरका ११ लाख ७६ हजार ५००, १ सय दरका ६४ हजार ३०० र ५० दरका ४ हजार २०० रुपैयाँ गरी कुल ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको हो। बरामद रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्