ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी अदालतद्वारा गौतम अदानीविरुद्धको घुसखोरी मुद्दा खारेज


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १२ : ३५   बजे

वासिङ्टन डीसी । अमेरिकी अदालतले भारतीय अर्बपति उद्योगपति गौतम अदानीविरुद्ध चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा औपचारिक रूपमा खारेज गरेको छ।

ट्रम्प प्रशासनले अदानीविरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका सङ्घीय न्यायाधीश निकोलस गाराउफिसले अभियोजकहरूको मुद्दा खारेज गर्ने अनुरोध स्वीकृत गरेका हुन्।

अदालती अभिलेखअनुसार अमेरिकी अभियोजकहरूले गत मेमा सन् २०२४ मा भारतीय अधिकारीलाई २६ करोड ५० लाख अमेरिकी डलर घुस दिने योजनामा अदानी संलग्न रहेको आरोप खारेज गर्न अनुरोध गरेका थिए। उक्त घुस भारतीय अधिकारीबाट आकर्षक सौर्य ऊर्जा आपूर्ति सम्झौता प्राप्त गर्ने उद्देश्यले प्रस्ताव गरिएको आरोप थियो।

मुद्दा खारेज गर्ने प्रक्रियामा न्यायाधीश असन्तुष्ट

मुद्दा खारेज गर्ने निर्णयप्रति न्यायाधीश गाराउफिसले भने असन्तुष्टि जनाएका छन्।

उनले ट्रम्प प्रशासनका डेपुटी एसोसिएट अटर्नी जनरल ट्रेन्ट म्याककोटरले मुद्दा खारेज गर्ने निर्णयमा अनुसन्धानकर्ता तथा अभियोजकबाट पर्याप्त सुझाव नलिएको विषयलाई असामान्य बताएका छन्।

अदालतको आदेशमा म्याककोटरले प्रतिरक्षा पक्षका वकिलसँग सहकार्य गरेर निर्णयमा पुगेको देखिनु तथा एफबीआई, अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) का अधिकारी र मुद्दा अघि बढाउने अभियोजकबाट आवश्यक जानकारी नलिनु असामान्य रहेको उल्लेख गरिएको छ।

१० अर्ब डलर लगानीको प्रतिबद्धता

यसअघि अमेरिकी सञ्चारमाध्यमले अदानीका वकिल रोबर्ट गिफ्राले अप्रिलमा अमेरिकी न्याय मन्त्रालयका अधिकारीसँग आरोप हटाइएमा अदानीले अमेरिकी अर्थतन्त्रमा १० अर्ब अमेरिकी डलर लगानी गर्न इच्छुक रहेको बताएका थिए।

अदानीका वकिल गिफ्रा राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलसमेत हुन्।

मुद्दाका न्यायाधीशले अदानी पक्षबाट गरिएको भनिएको लगानी प्रतिबद्धता अभियोजन खारेज गर्ने निर्णयको कारण बनेको थियो कि थिएन भन्ने विषयमा समेत प्रश्न उठाएका थिए। तर अन्ततः न्यायाधीश गाराउफिसले उक्त लगानी प्रतिबद्धता अभियोजन खारेज गर्ने निर्णयको आधार नभएको निष्कर्ष निकाले।

अदानीले गरे अदालतको निर्णयको स्वागत

अदानीले मुद्दा खारेज भएपछि अमेरिकी अदालतको निर्णयको स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अदालतको निर्णयलाई सम्मान गर्दै चुनौतीपूर्ण अवधिमा सत्य, निष्पक्षता र विधिको शासनप्रतिको आफ्नो विश्वास कायम रहेको बताएका छन्।

अमेरिकी अभियोजकहरूले सन् २०२४ मा अदानी र उनीसँग सम्बन्धित व्यक्तिहरूमाथि भारतमा सौर्य ऊर्जा परियोजनाको सम्झौता प्राप्त गर्न अधिकारीलाई घुस दिने योजना बनाएको आरोप लगाएका थिए। उनीहरूमाथि लगानीकर्तालाई भ्रममा पार्ने तथा अमेरिकी वित्तीय बजारसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपसमेत लगाइएको थियो।

अदानी समूह भारतका ठूला व्यापारिक समूहहरूमध्ये एक हो। समूहले बन्दरगाह, विद्युत्, सिमेन्ट, ऊर्जा तथा सञ्चारमाध्यमलगायत क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ।

यसअघि अदानी कम्पनीका शेयर मूल्यमा ठूलो गिरावट तथा कर्पोरेट ठगीसम्बन्धी आरोपका कारण विवादमा आएका थिए। अमेरिकी अदालतको पछिल्लो निर्णयसँगै उनीविरुद्ध अमेरिकामा चलिरहेको उक्त आपराधिक अभियोजन औपचारिक रूपमा अन्त्य भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

देउवाको भव्य स्वागतको तयारी, विमानस्थलदेखि धुम्बाराहीसम्म ‘स्कर्टिङ’ गरिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

देउवाको भव्य स्वागतको तयारी, विमानस्थलदेखि धुम्बाराहीसम्म ‘स्कर्टिङ’ गरिने

गोपाल शर्माको प्रधानमन्त्री शाहलाई आग्रह : ‘गुप्तवास छाडेर संसद्मा आउनुस्’

हर्मुज जलघाँटी खुला राख्न जर्मनीको आग्रह, इरानले अमेरिकी सैन्य कारबाही रोक्नुपर्ने अडान

नारायणी अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम अभाव

एमाले सांसद मण्डलको आरोप : ‘भारतलाई खुसी पार्न प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति दिए’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu