ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित भेला स्थगितको सूचना सार्वजनिक भएपछि कांग्रेस संस्थापनइतरको आपत्ति


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १२ : ३५   बजे

काठमाडौं । नेता शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित नेपाली कांग्रेसको राष्ट्रिय भेला स्थगित भएको सूचना सार्वजनिक भएपछि कांग्रेस संस्थापनइतर पक्षले आपत्ति जनाएको छ।

साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागिएको राष्ट्रिय भेला अर्को सूचना नआएसम्मका लागि स्थगित भएको भन्दै कोइरालाको हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक भएको थियो।

तर, नेता मीन विश्वकर्माले उक्त विज्ञप्ति फर्जी भएको दाबी गरेका छन्। उनले राष्ट्रिय भेला पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हुने स्पष्ट पारेका छन्।

विश्वकर्माका अनुसार कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा अदालतले पुनरावलोकनको आदेश दिएपछि संस्थापन पक्ष हतास मानसिकतामा यस्तो गतिविधिमा लागेको हो।

उनले किर्ते हस्ताक्षरसहित नक्कली विज्ञप्ति जारी गरिएको भन्दै यस्ता गतिविधि नगर्न र नगराउन चेतावनी दिएका छन्।

विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अदालतबाट मुद्दाको पुनरावलोकन गर्ने आदेश आइसकेपछि डराएको हतास मनस्थितिको उपजको रूपमा कार्यक्रमबारे जथाभाबी लेखेर संयोजकको किर्ते हस्ताक्षर गरी तथाकथित, नक्कली, किर्ते विज्ञप्ति जारी गरेको पाइएकोले गम्भीर आपत्ति व्यक्त गर्दै त्यस्ता गतिविधि कसैले नगर्न नगराउन सचेत गराउँदछौँ।”

कांग्रेस संस्थापनइतर पक्षले राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने जनाएको छ। नेता विश्वकर्माले भेला स्थगित भएको भन्दै सार्वजनिक भएको सूचनाबाट भ्रमित नहुन आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

देउवाको भव्य स्वागतको तयारी, विमानस्थलदेखि धुम्बाराहीसम्म ‘स्कर्टिङ’ गरिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

देउवाको भव्य स्वागतको तयारी, विमानस्थलदेखि धुम्बाराहीसम्म ‘स्कर्टिङ’ गरिने

गोपाल शर्माको प्रधानमन्त्री शाहलाई आग्रह : ‘गुप्तवास छाडेर संसद्मा आउनुस्’

हर्मुज जलघाँटी खुला राख्न जर्मनीको आग्रह, इरानले अमेरिकी सैन्य कारबाही रोक्नुपर्ने अडान

नारायणी अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम अभाव

एमाले सांसद मण्डलको आरोप : ‘भारतलाई खुसी पार्न प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति दिए’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu