ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केयूको ४५० शय्याको शिक्षण अस्पतालबाट एडीबी पछि हट्ने संकेत


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ५ : ३५   बजे

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को ४५० शय्याको शिक्षण अस्पताल निर्माण परियोजनाबाट एसियाली विकास बैंक (एडीबी) पछि हट्ने संकेत देखिएको छ।

करिब दुई वर्षसम्म संवाद, अध्ययन तथा आवश्यक दस्तावेज आदानप्रदान गरेपछि एडीबीले परियोजनामा ३ करोड ४० लाख अमेरिकी डलर अर्थात् करिब पाँच अर्ब रुपैयाँसम्म लगानी गर्न प्रारम्भिक सहमति जनाएको थियो। प्रस्तावित रकममध्ये आधाभन्दा बढी अनुदानका रूपमा उपलब्ध गराउने तयारी थियो।

अनुदानबाहेकको रकम भने सहुलियतपूर्ण ब्याजदरमा नेपाली मुद्रामै मूलधन तथा ब्याजको किस्ता तिर्न सकिने गरी उपलब्ध गराउने एडीबीको प्रस्ताव थियो।

तर, विश्वविद्यालयको नेतृत्व परिवर्तनपछि परियोजनाको काम अघि बढ्न नसकेकाले एडीबी लगानीबाट पछि हट्ने अवस्थामा पुगेको स्रोतहरूले बताएका छन्।

तीन दशकदेखि आफ्नै शिक्षण अस्पताल छैन

काठमाडौं विश्वविद्यालय स्थापना भएको साढे तीन दशक पुगिसक्दा पनि विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन। विश्वविद्यालयले धुलिखेल सामुदायिक अस्पतालसँग सम्झौता गरी मेडिकल तथा क्लिनिकल विषयको अध्यापन सञ्चालन गर्दै आएको छ।

केयूको स्कुल अफ मेडिकल साइन्सका एक पूर्वपदाधिकारीका अनुसार विश्वविद्यालयको मेडिकल शिक्षा कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आफ्नै शिक्षण अस्पताल आवश्यक भइसकेको छ।

“धुलिखेल अस्पताल अहिले मेडिकल अस्पतालमा स्तरोन्नति हुन लागेको छ। त्यसैले केयूको मेडिकल शिक्षा कार्यक्रम सुचारु गर्न आफ्नै शिक्षण अस्पताल व्यवहारिक र कानुनी दुवै दृष्टिले निःसर्त आवश्यक भइसकेको छ,” उनले भने।

नेतृत्व परिवर्तनपछि रोकियो प्रक्रिया

केयू र एडीबीबीच प्रारम्भिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने तथा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि ठेक्का सम्झौता गर्ने तयारी भएको थियो।

तर, गत वैशाखको तेस्रो साता सरकारले प्रा.डा. अच्युत वाग्लेलाई उपकुलपतिबाट हटाएपछि परियोजनाको प्रक्रिया रोकिएको हो। अध्यादेशमार्फत विश्वविद्यालयका सबै पदाधिकारी पदमुक्त गरिएका थिए।

त्यसयता शिक्षण अस्पताल परियोजनासँग सम्बन्धित कुनै पनि काम अघि नबढेको अस्पताल स्रोतले जनाएको छ।

एडीबीले परियोजनाको ‘ड्यु डिलिजेन्स’ प्रक्रिया पूरा गर्न आवश्यक विवरण र दस्तावेज उपलब्ध गराउन केयूलाई पत्राचारसमेत गरेको थियो। तर, त्यसमा पनि अपेक्षित प्रगति हुन नसकेको स्रोतको भनाइ छ।

“नयाँ नेतृत्वको प्राथमिकताअनुसार मात्रै यो काम अघि बढ्ने वा नबढ्ने तय होला,” केयूका एक पदाधिकारीले भने।

प्रतिबद्ध नेतृत्व नभए लगानी जोखिमपूर्ण

एडीबीका एक उच्च स्रोतले पनि विश्वविद्यालयमा आउने नयाँ नेतृत्वका आधारमा परियोजनाको भविष्य निर्धारण हुने बताए।

“यो परियोजनाको आवश्यकतालाई राम्ररी आत्मसात् गरेको, शिक्षण अस्पताल बनाउन प्रतिबद्ध र बहुवर्षीय लगानीको जोखिम तथा सुरक्षाबारे पर्याप्त सुझबुझ भएको नेतृत्व भएन भने यस्तो लगानी गर्न सम्भव छैन,” एडीबी स्रोतले भन्यो, “त्यस्तो अवस्थामा परियोजना सफल पनि हुँदैन।”

उनका अनुसार धुलिखेल अस्पतालसँगको सम्बन्धलाई समेत सहज ढङ्गले व्यवस्थापन गर्न सक्ने प्रभावशाली नेतृत्व परियोजना सफलताका लागि आवश्यक छ।

दुई विश्वविद्यालय, मेडिकल शिक्षा र समन्वयको अभाव

एकै स्थानमा दुईवटा विश्वविद्यालय र दुई विश्वविद्यालयका मेडिकल शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने क्रममा संघीय सरकार र बागमती प्रदेश सरकारबीच पर्याप्त समन्वय हुन नसकेको देखिएको छ।

विश्वविद्यालयमा आफ्नै शिक्षण अस्पताल निर्माणका लागि प्रतिबद्ध नेतृत्व चयन गर्ने विषयमा संघीय सरकारले समेत पर्याप्त चासो नदेखाएको अस्पताल निर्माण समितिका एक सदस्यको भनाइ छ। यही कारण एडीबी परियोजनाबाट पछि हट्ने अवस्थामा पुगेको हुन सक्ने उनको दाबी छ।

“केयूको नेतृत्व चयनका क्रममा यति महत्त्वपूर्ण परियोजनाको भविष्यप्रति सरकारको चासो नै नदेखिएपछि दाता र लगानीकर्ता उत्साहित नहुनु के आश्चर्य भयो र?” उनले भने, “अब सायद तत्काल केयूको आफ्नै शिक्षण अस्पताल नबन्ने अवस्था आउन सक्छ।”

करिब पाँच अर्ब रुपैयाँको प्रस्तावित लगानी, विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालको आवश्यकता र मेडिकल शिक्षा कार्यक्रमको दीर्घकालीन भविष्य जोडिएको परियोजना नेतृत्व परिवर्तनसँगै अनिश्चित बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिटमा बुधबार संवैधानिक इजलासमा सुनुवाइ

प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको भारत भ्रमणको निम्ता

सम्बन्धित

विदेशमा अध्ययनरत विद्यार्थीले नेपालमै क्रेडिट ट्रान्सफर गर्न पाउने

केयूले केही दिनमै नयाँ उपकुलपति पाउँदै, तीन नाम प्रधानमन्त्रीसमक्ष सिफारिस

विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखमा ५५ वर्षे उमेरहद प्रस्ताव

झारखण्डमा विद्यार्थी आन्दोलन १७औँ दिनमा, विधानसभा घेराउको तयारी

शिक्षा क्षेत्रमा नीतिगत सुधार तीव्र, मन्त्रालयले थाल्यो नयाँ पहल

उच्च शिक्षा सुधार : ‘योग्य जनशक्ति भित्र्याएनौं भने विश्वविद्यालय प्रतिस्पर्धी बन्न सक्दैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu