ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज विश्व हात्ती दिवस : सुरक्षित करिडोर र मानव–हात्ती सहअस्तित्वमा जोड


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : ०५   बजे

काठमाडौं। आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वन्य हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा हात्तीका प्राकृतिक आवागमन मार्ग (करिडोर) संरक्षणमा जोड दिँदै दिवस मनाउन लागिएको हो।

यस वर्ष विश्व हात्ती दिवसको मुख्य सन्देश ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ रहेको छ। हात्तीको संरक्षणका लागि वन क्षेत्र जोगाउनुका साथै उनीहरू आवतजावत गर्ने प्राकृतिक करिडोर पनि सुरक्षित राख्नुपर्नेमा यसले जोड दिएको छ।

विश्वमा अफ्रिकी सवाना हात्ती, अफ्रिकी वन हात्ती र एसियाली हात्ती गरी तीन जीवित प्रजाति पाइन्छन्। नेपालमा भने एसियाली हात्ती पाइन्छ।

नेपालमा करिब २५० देखि ४०० वटा वन्य हात्ती रहेको अनुमान छ भने करिब २०० वटा घरपालुवा हात्ती रहेको बताइन्छ। वन्य हात्ती नेपालको जैविक विविधता र पारिस्थितिक प्रणालीका महत्वपूर्ण अंग मानिन्छन्।

हात्तीलाई जीवनचक्र पूरा गर्न ठूलो क्षेत्र आवश्यक पर्ने भएकाले उनीहरू एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्दा परम्परागत मार्ग र करिडोर प्रयोग गर्छन्। तर पछिल्ला वर्षमा वन क्षेत्रको खण्डीकरण, बस्ती विस्तार, कृषि क्षेत्रको वृद्धि तथा सडक र अन्य पूर्वाधार निर्माणका कारण हात्तीका प्राकृतिक आवागमन मार्गमा दबाब बढेको छ।

यसले मानव–हात्ती द्वन्द्वलाई थप जटिल बनाएको छ। हात्तीले बाली नष्ट गर्ने, घर तथा अन्य सम्पत्तिमा क्षति पुर्‍याउने तथा मानिसमाथि आक्रमण गर्ने घटनासमेत हुने गरेका छन्। कतिपय घटनामा मानिस र हात्ती दुवै घाइते हुने तथा ज्यान जाने गरेको छ।

यस अवस्थामा हात्ती संरक्षणका लागि सुरक्षित तथा वातावरणमैत्री करिडोरको संरक्षण र पुनर्स्थापना आवश्यक देखिएको छ। हात्तीका परम्परागत आवागमन मार्ग पहिचान गरी संरक्षण गर्ने, स्थानीय समुदायको सहभागिता बढाउने तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका प्रभावकारी उपाय कार्यान्वयन गर्नुपर्ने संरक्षणकर्मीको जोड छ।

‘जंगल मात्र सुरक्षित भएर हात्ती सुरक्षित हुँदैनन्, जंगललाई जोड्ने उनीहरूका आवागमन मार्ग पनि सुरक्षित हुनुपर्छ’ भन्ने मान्यता पछिल्लो समय हात्ती संरक्षणको महत्वपूर्ण आधार बनेको छ।

नेपालले हात्ती संरक्षणलाई प्राथमिकतामा राख्दै सन् २०२५ देखि २०३५ सम्मका लागि १० वर्षे हात्ती संरक्षण कार्ययोजना समेत अघि सारेको छ। कार्ययोजनाले हात्तीको बासस्थान तथा करिडोर संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण र समुदायमा आधारित संरक्षणलाई प्राथमिकता दिएको छ।

वन्य हात्तीको संरक्षणसँगै नेपालमा रहेका घरपालुवा हात्तीको कल्याण, उचित व्यवस्थापन र संरक्षणलाई समेत हात्ती संरक्षणको बहसमा समेट्नुपर्ने आवश्यकता देखिएको छ।

विश्व हात्ती दिवसले हात्ती र मानवबीचको सहअस्तित्व कायम गर्न सुरक्षित करिडोर, स्वस्थ वन क्षेत्र र स्थानीय समुदायमैत्री संरक्षण प्रणाली निर्माण गर्नुपर्ने सन्देश दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अल्ट्राभायोलेटको एक्स ४७ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००

कांग्रेस असन्तुष्ट पक्षको भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांकको निम्तो

सम्बन्धित

लमजुङमा ७५ वर्षीया वृद्धाको हत्या आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

स्थानीय बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

बैंकिङ कर्जा गाडीमा कि उद्योगमा ? उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बहस

चार जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ

सुर्खेतमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा पति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu