ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार महिनामै संसद्मा गणपूरक संख्या नपुग्नु लज्जाको विषय : महेश बर्तौला


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : ०५   बजे

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बर्तौलाले नवनिर्वाचित प्रतिनिधि सभाको कार्यकाल सुरु भएको चार महिनामै गणपूरक संख्या नपुगेर बैठक स्थगित हुनुलाई लज्जास्पद घटना भएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बर्तौलाले सांसदहरू संसदीय कामकारबाहीप्रति उदासीन र गैरजिम्मेवार बनेको आरोप लगाए।

मंगलबार साँझ गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको घटनाप्रति टिप्पणी गर्दै उनले यो सामान्य घटना नभएको बताएका छन्।

‘नवनिर्वाचित संसद्को कार्यकाल प्रारम्भ भएको चार महिनामै संसद्को बैठकमा गणपूरक संख्या नपुगेर प्रतिनिधि सभाको बैठक नै रोक्नुपर्ने अवस्था सिर्जना हुनुले संसदीय कामकारबाहीप्रति सांसदहरूको उदासीनता र गैरजिम्मेवारीपन उजागर भएको छ,’ उनले भनेका छन्।

संविधानअनुसार प्रतिनिधि सभामा कुनै प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८१ सांसद हुँदाहुँदै गणपूरक संख्या नपुग्नु गम्भीर विषय भएको बर्तौलाको भनाइ छ।

‘सत्तारुढ रास्वपाका १८१ सांसद हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव गणपूरक संख्याको अभावमा निर्णयार्थ पेस हुन नसकी बैठक समाप्त हुनु सामान्य घटना मात्रै होइन, भयंकर संसदीय लज्जाको विषय हो,’ उनले भनेका छन्।

बर्तौलाले यस घटनाले विशेषगरी सत्तारुढ दलका सांसदहरूको संसदीय जिम्मेवारीप्रतिको बेवास्ता उजागर गरेको दाबी गरेका छन्।

सरकारी प्रस्तावलाई संसद्बाट निर्णयमा पुर्‍याउने दायित्व सरकारकै भएको स्मरण गराउँदै उनले भनेका छन्, ‘सरकार आफ्नै, बहुमत आफ्नै, विधेयक आफ्नै तर दुर्भाग्य संसद्मा आफ्नै सांसद छैनन्।’

चार महिनामै देखिएको यस्तो अवस्थाले सत्तारुढ रास्वपाको संसदीय गम्भीरता, अनुशासन र जिम्मेवारीबोधमाथि प्रश्न उठाएको उनको टिप्पणी छ।

बर्तौलाले संसद्को प्रभावकारिता र जनविश्वासमा असर पर्न नदिन रास्वपा तथा सरकारलाई समयमै गम्भीर भएर ध्यान दिन आग्रह गरेका छन्।

‘समयमै ध्यान पुग्नु जरुरी छ, नत्र संसद्प्रतिको जनविश्वासमा गम्भीर क्षति पुग्ने देखिन्छ,’ उनले भनेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu