ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति सुरक्षा खलल पार्न खोज्ने तत्वविरुद्ध प्रहरी रणनीतिक रूपमा परिचालित : आईजीपी कार्की


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : ०५   बजे

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र शान्ति सुरक्षा अवस्था सामान्य रहेको बताउँदै शान्ति सुव्यवस्था खलल पारेर फाइदा लिन खोज्ने आपराधिक प्रवृत्तिका व्यक्तिविरुद्ध प्रहरी रणनीतिक रूपमा परिचालित रहेको बताउनुभएको छ।

राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्तामा महानिरीक्षक कार्कीले नागरिकबीचको सुसम्बन्ध र सामाजिक सद्भाव कायम राख्दै आपराधिक गतिविधि नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँले भन्नुभयो, “आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ। मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा खलबल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ।”

नेपालको संविधान तथा प्रचलित कानुनअनुसार प्रहरी आन्तरिक शान्ति सुरक्षा, सार्वजनिक अमनचयन र विपद् व्यवस्थापनसँगै नागरिकका परिवर्तनका आकांक्षालाई समेत ध्यानमा राखेर अघि बढिरहेको उहाँको भनाइ छ।

सामाजिक सञ्जालको दुरुपयोगप्रति प्रहरी सचेत

महानिरीक्षक कार्कीले सामाजिक सञ्जालबाट फैलिने ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, डीपफेक र हेट स्पिचले नागरिकबीचको सम्बन्ध तथा सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै प्रहरी सचेत रहेको बताउनुभयो।

उहाँका अनुसार यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिलाई सुविचारित रूपमा परिचालन गरिएको छ। नागरिकलाई विश्वास र भरोसाका साथ आफ्ना निर्णय गर्न सक्ने वातावरण निर्माण गर्न प्रहरी सक्रिय रहेको उहाँले बताउनुभयो।

सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे विद्यालय तहदेखि नै सचेतना बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। नागरिक–समुदाय–प्रहरी साझेदारीमार्फत प्रविधिको दुरुपयोगबाट उत्पन्न हुने समस्या न्यूनीकरणका लागि काम भइरहेको उहाँको भनाइ छ।

सुरक्षा निकायबीच समन्वय बलियो

आईजीपी कार्कीले तीन तहका सरकार तथा अन्य सुरक्षा निकायबीच सहकार्य, सहयोग र समन्वय राम्रो रहेको बताउनुभयो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा गृह मन्त्रालयसहित सम्बन्धित निकायबीच नियमित सम्पर्क र समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो।

मुलुकको विशिष्ट अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायबीच छलफल गरेर सुरक्षा रणनीति तय गर्ने गरिएको र सबै सुरक्षा संयन्त्रको समन्वयात्मक परिचालनबाट सुरक्षा अवस्था सामान्य बन्दै गएको उहाँको दाबी छ।

सुनसरी घटनाबाट पाठ सिक्नुपर्ने

सुनसरी घटनाबाट उत्पन्न परिस्थिति तथा अवाञ्छित गतिविधिको स्थायी अन्त्य आवश्यक रहेको महानिरीक्षक कार्कीले बताउनुभयो।

उहाँले नेपाली समाजको मेलमिलापपूर्ण र सद्भावपूर्ण चरित्रका कारण सुनसरीबाट पश्चिमतर्फ फैलिन सक्ने अवस्था समयमै रोक्न सकिएको उल्लेख गर्नुभयो। घटनाका क्रममा धार्मिक सद्भाव र नागरिकबीचको सुसम्बन्ध खल्बलिन सक्ने जोखिम देखिएको भन्दै त्यसलाई न्यूनीकरण गर्न सबै पक्षको भूमिका आवश्यक रहेको उहाँको भनाइ छ।

सामाजिक सद्भाव कायम राख्ने जिम्मेवारी सुरक्षा निकायको मात्रै नभएको उल्लेख गर्दै कार्कीले राजनीतिक, बौद्धिक, आध्यात्मिक तथा सामाजिक नेतृत्वको पनि उत्तिकै भूमिका हुने बताउनुभयो।

उहाँले मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै नागरिकबीचको सुसम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

सद्भाव कायम गर्न सबैको भूमिका आवश्यक

महानिरीक्षक कार्कीले सामाजिक सद्भाव खल्बल्याउन खोज्ने व्यक्तिलाई कानुनी प्रक्रियामार्फत नियन्त्रण गर्नु सुरक्षाकर्मीको जिम्मेवारी भए पनि शान्तिपूर्ण र सदाचारपूर्ण समाज निर्माणका लागि राजनीतिक दल, नेतृत्व, धार्मिक तथा आध्यात्मिक क्षेत्र र नागरिक समाज सबैको भूमिका आवश्यक रहेको बताउनुभयो।

नेपालको मौलिक पहिचान, धार्मिक सहिष्णुता र सामाजिक एकतालाई बलियो बनाउन विद्यार्थी, शिक्षक, परिवार, बौद्धिक वर्ग, धार्मिक क्षेत्रदेखि राजनीतिक नेतृत्वसम्मले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ।

गौतम बुद्धको जन्मभूमि तथा शान्तिप्रिय र सिर्जनशील नेपालीको पहिचानलाई कायम राख्दै मुलुकलाई शान्ति, विकास, उन्नति, सदाचार र समृद्धिको बाटोमा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने उहाँले बताउनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu