ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह मन्त्रालयले नौ जिल्लाबाट सहसचिव सीडीओको दरबन्दी हटायो, अब उपसचिव खटाइने


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : १५   बजे

काठमाडौं । गृह मन्त्रालयले पहाडी क्षेत्रका नौ जिल्लामा सहसचिवस्तरीय प्रमुख जिल्ला अधिकारी (सीडीओ) को दरबन्दी कटौती गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) अनुसार ती जिल्लामा अब उपसचिवलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइने भएको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछाममा अब उपसचिवस्तरीय सीडीओ रहनेछन्। त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा पनि उपसचिव खटाउने निर्णय भएको छ।

यससँगै देशभरका ७७ जिल्लामध्ये अब ५२ जिल्लामा मात्रै सहसचिवस्तरीय प्रमुख जिल्ला अधिकारी रहनेछन्। यीमध्ये केही जिल्लामा यसअघि नै उपसचिव सीडीओका रूपमा कार्यरत थिए भने पछिल्लो समय सहसचिव खटाउने निर्णय गरिएको थियो।

लागुऔषध नियन्त्रण विभाग गठन

गृह मन्त्रालयले लागुऔषध नियन्त्रण विभाग गठन गर्ने निर्णयसमेत गरेको छ। नयाँ विभागको नेतृत्व सहसचिवले गर्नेछन्। यसअघि लागुऔषध नियन्त्रणसम्बन्धी काम मन्त्रालयअन्तर्गत शाखाबाट हुँदै आएको थियो।

नयाँ संगठन संरचनाअनुसार मन्त्रालयका केही शाखा हटाइएका छन्। विभूषण शाखा र शान्ति प्रवर्द्धन शाखा पनि खारेज गरिएको मन्त्रालयले जनाएको छ।

उपसचिवको दरबन्दी थप

नयाँ ओएन्डएमअनुसार मन्त्रालयले ६ जना उपसचिवको दरबन्दी थप गरेको छ। यसअघि शाखा अधिकृतबाट सञ्चालन हुँदै आएका केही कार्यालयमा अब उपसचिवको नेतृत्व रहनेछ।

स्याङ्जाको वालिङ र महोत्तरीको बर्दिबास इलाका प्रशासन कार्यालयमा पनि उपसचिवको दरबन्दी कायम गरिएको छ।

चार कारागारमा उपसचिव प्रमुख

मन्त्रालयले झापा, मोरङ, कास्की र बाँकेका कारागारमा पनि उपसचिवस्तरीय प्रमुखको दरबन्दी कायम गरेको छ।

त्यस्तै, नयाँ संगठन संरचनाअनुसार ४६ जना शाखा अधिकृतको दरबन्दी थप गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu