काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको स्थान तय भएको छ। साउन २९ देखि ३१ गतेसम्म सञ्चालन हुने भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा आयोजना हुने भएको हो।
भेलामा सहभागी हुने नेता तथा कार्यकर्ताको संख्या ठूलो हुने भएकाले सुकेधारास्थित मिराकल पार्टी भेन्यू छनोट गरिएको एक नेताले जानकारी दिएका छन्।
भेलामा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पनि सहभागी हुने र सम्बोधन गर्ने बताइएको छ। देउवा बिहीबार सिंगापुरबाट नेपाल फर्किने कार्यक्रम रहेको छ।
राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई भेलामा सहभागी हुन आग्रह गरेका छन्। भेलामा सहभागिताका लागि आवश्यक पत्राचार भइरहेको पनि उनले जानकारी दिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्