ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी खतरापछि ट्रम्पले गोप्य रूपमा विमान बदले


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   २ : ०५   बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जोडिएको सम्भावित हत्याको खतराका कारण गत महिना टर्कीबाट बेलायत जाने क्रममा गोप्य रूपमा विमान परिवर्तन गरेको बताएका छन् । सुरक्षाको कारण देखाउँदै अमेरिकी सिक्रेट सर्भिस र सेनाको सल्लाहमा आफूलाई ‘एयर फोर्स वन’बाट अर्को सैन्य विमानमा सारिएको उनले बताएका हुन् ।

मिडिया रिपोर्टअनुसार ट्रम्पलाई क्याटरिङ ट्रकमार्फत अर्को सैन्य विमानमा सारिएको थियो । ट्रम्पले आफू सवार विमानको पहिचान खुलेमा आक्रमणकारीले त्यही विमानलाई निशाना बनाउन सक्ने जोखिम रहेको बताएका छन् ।

ह्वाइट हाउसले त्यसबेला ट्रम्प ‘एयर फोर्स वन’बाट बेलायततर्फ गएको जनाएको थियो । तर पछि उनी अर्को विमानमा सवार भएको तथ्य सार्वजनिक भएपछि उक्त सुरक्षा अभियानबारे खुलासा भएको हो ।

घटनापछि ‘एयर फोर्स वन’मै रहेका पत्रकार तथा ह्वाइट हाउसका कर्मचारीलाई राष्ट्रपतिको सुरक्षा योजनाबारे पर्याप्त जानकारी दिइएको थियो कि थिएन भन्ने प्रश्नसमेत उठेको छ । ट्रम्प पहिलोपटक कतारले उपहार दिएको नयाँ विमान प्रयोग गरेर विदेश भ्रमणमा निस्किएका बेला यो घटना भएको थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

सम्बन्धित

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

अमेरिकी सिनेटमा ‘तिब्बतको भविष्य सुनिश्चित गर्ने’ विधेयक पेश

इरानी नाकाबन्दी तोड्न खोजेको आरोपमा अमेरिकी सेनाद्वारा मालवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu