ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन २९ देखि प्रदर्शनमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढाव मुख्य कथावस्तु


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ३ : २५   बजे

काठमाडौँ । राजबहादुर साने निर्देशित चलचित्र ‘लज्जावती’ यही साउन २९ गतेदेखि देशभरका चलचित्र हलमा प्रदर्शनमा आउने भएको छ। चलचित्रले प्रेम सम्बन्धमा आउने उतारचढाव, संघर्ष र भावनात्मक पक्षलाई मुख्य कथावस्तु बनाएको निर्देशक सानेले बताएका छन्।

सामाजिक कथामा आधारित चलचित्र निर्देशन गर्दै आएका सानेले यसअघि ‘पाठशाला’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’ र ‘सिटामोल’ लगायत चलचित्र निर्देशन गरिसकेका छन्।

निर्देशक सानेका अनुसार ‘लज्जावती’को कथा चार मुख्य पात्रको वरिपरि केन्द्रित छ। चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझीले प्रमुख भूमिका निर्वाह गरेका छन्।

त्यस्तै, विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायत कलाकारको पनि अभिनय रहेको छ। मुकुन भुसालबाहेक अधिकांश कलाकारका लागि ‘लज्जावती’ मुख्य भूमिकामा काम गरेको पहिलो चलचित्र हो।

निर्देशक सानेले नयाँ कलाकार र नयाँ टोलीसँग प्रेम कथालाई फरक शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको बताए।

प्रचारमा व्यस्त निर्माण टोली

प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको निर्माण टोली केही सातादेखि प्रचारप्रसारमा व्यस्त छ। कलाकारहरूले सञ्चारमाध्यम, विद्यालय तथा विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएर चलचित्र र आफूले निर्वाह गरेका भूमिकाबारे जानकारी दिइरहेका छन्।

प्रचारका क्रममा दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले कलाकार तथा निर्माण टोली उत्साहित बनेको जनाएको छ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता मुकुन भुसालले ‘लज्जावती’ नेपालीपन बोकेको प्रेमकथा भएको बताए। उनका अनुसार चलचित्रको कथा धेरै नेपालीको जीवनसँग जोडिन सक्छ।

“यो मेरो पहिलो लभस्टोरी हो। यसअघि म अन्य कथाका चलचित्रमा अभिनय गरिरहेको थिएँ, त्यसैले पनि म यो सिनेमाप्रति उत्साहित छु,” उनले भने।

चलचित्रमा मुकुनले इ–रिक्सा चालकको भूमिका निर्वाह गरेका छन्। ट्रेलरमा उनको पात्र होटल सञ्चालिकासँग नजिकिएको देखाइएको छ।

‘लज्जावती’मा पागल प्रेमीको भूमिकामा श्रीकृष्ण

अभिनेता श्रीकृष्ण निरौलाले चलचित्रमा पागल प्रेमीको भूमिका निर्वाह गरेका छन्। टिजर तथा ट्रेलर सार्वजनिक भएपछि आफ्नो चरित्रलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए।

उनका अनुसार पहिलोपटक प्रेममा परेको व्यक्तिले प्रेमका पीडा, संघर्ष र उतारचढाव कसरी सामना गर्छ भन्ने कुरा उनको पात्रमार्फत देखाइएको छ।

“धेरै मानिसलाई साँचो प्रेम के हो भन्ने थाहा छैन। यो सिनेमा हेरेपछि दर्शकले साँचो प्रेमको परिभाषा बुझ्नुहुनेछ,” उनले भने।

श्रीकृष्णको यो दोस्रो चलचित्र हो। यसअघि उनले ‘सिटामोल’मा सहायक भूमिका निर्वाह गरेका थिए।

जानुका र मेनुकाको मुख्य भूमिका

अभिनेत्री जानुका विश्वकर्मा र मेनुका माझीले पनि ‘लज्जावती’बाट पहिलोपटक मुख्य भूमिकामा अभिनय गरेका छन्। चलचित्रमा उनीहरू क्रमशः मुकुन भुसाल र श्रीकृष्ण निरौलाको प्रेमिकाको भूमिकामा देखिनेछन्।

जानुका साउनीको भूमिकामा छिन्। उनले आफ्नो पात्र रोमान्टिक रहेको बताएकी छन्।

दुई करोड लगानी

चलचित्रमा कमलप्रसाद शर्माले लगानी गरेका छन्। उनले कथा मन परेकाले चलचित्रमा लगानी गरेको बताए। प्रचार सामग्रीप्रति दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले चलचित्रले लगानी उठाउनेमा आफू आशावादी रहेको उनको भनाइ छ।

‘लज्जावती’ करिब दुई करोड रुपैयाँको लगानीमा निर्माण भएको हो। आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन्।

चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया तथा कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।

प्रेम, सम्बन्ध, संघर्ष र भावनात्मक उतारचढावलाई केन्द्रमा राखिएको ‘लज्जावती’ले नयाँ कलाकारको अभिनय र फरक शैलीको प्रेमकथामार्फत दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा निर्माण टोलीले गरेको छ। चलचित्र साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी नाका बन्द हुँदा व्यापारदेखि राजस्वसम्म असर, अब निरीक्षण होइन परिणाम चाहिन्छ

भ्रष्टाचारको उजुरीमाथि प्रश्न उठाउँदै सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरे सांसद सुनारले

सम्बन्धित

‘गुराँस फुल्दा’को नयाँ भर्सनप्रति सुस्मिता केसीको असन्तुष्टि

गणेश पाण्डेको ‘द एभरेस्ट ड्रिम’लाई अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड

१९ वर्षपछि ‘आवारापन–२’ मा फर्किँदै इमरान हाश्मी, अग्रिम बुकिङ उत्साहजनक

श्रद्धा कपुरको ‘ईथा’को प्रदर्शन मिति सर्‍यो, अब ‘टक्सिक’सँग भिडन्त नहुने

साहित्यकार विजय मल्लको ‘अनुराधा’मा आधारित चलचित्र निर्माण हुने

उपासना र कुन्दनको मुख्य भूमिका रहने ‘भिडियोटेप’ बन्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu