ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ४ : ३५   बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि विश्वास गर्न नसकिने बताएका छन्। उनले इरानले अमेरिकासँग पटकपटक झुट बोलेको आरोप लगाउँदै होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्।

ज्वाइन्ट बेस एन्ड्र्युजमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू इरानमाथि विश्वास गर्ने अन्तिम व्यक्ति भएको बताएका हुन्। उनले इरानले आफूसँग लगातार झुट बोलेको आरोप लगाए।

ट्रम्पले होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गर्दै उक्त क्षेत्रमा इरानको कुनै नियन्त्रण नरहेको बताएका छन्। उनले इरानले कुनै कदम चाले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।

“होर्मुज जलमार्गमा हाम्रो पूर्ण नियन्त्रण छ। यो हाम्रो कब्जामा छ,” ट्रम्पले भने। उनले इरानले केही गरे त्यसलाई “ध्वस्त पारिने” चेतावनी दिँदै अमेरिका अहिले “धेरै राम्रो अवस्थामा” रहेको दाबी गरे।

इरानमाथि अमेरिकी दबाब

अमेरिकाले लामो समयदेखि इरानको परमाणु कार्यक्रमलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ। इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आए पनि अमेरिकाले उसको गतिविधि सीमित गर्न विभिन्न दबाब र प्रतिबन्ध लगाउँदै आएको छ।

इरानको तेल निर्यात र होर्मुज जलमार्गसँग सम्बन्धित गतिविधिलाई लिएर अमेरिका र इरानबीचको तनावले विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता रहँदै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी

सम्बन्धित

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

इरानी खतरापछि ट्रम्पले गोप्य रूपमा विमान बदले

अमेरिकी सिनेटमा ‘तिब्बतको भविष्य सुनिश्चित गर्ने’ विधेयक पेश

इरानी नाकाबन्दी तोड्न खोजेको आरोपमा अमेरिकी सेनाद्वारा मालवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu