ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघ नमाने मधेस सरकारले ‘प्लान बी’ कार्यान्वयन गर्ने : आफैँ प्रहरी भर्ना अघि बढाउने तयारी


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ७ : २५   बजे

काठमाडौं । प्रदेश प्रहरी ऐन बनेको आठ वर्ष हुँदा पनि भर्ना प्रक्रिया सुरु गर्न नसकेको मधेस प्रदेश सरकारले अब आफ्नै प्रहरी भर्नाका लागि तयारी थालेको छ । संघीय सरकारले आलटाल गरेमा ‘प्लान बी’ अनुसार अघि बढ्ने मधेस सरकारको योजना छ ।

प्रदेश सरकारले ऐन कार्यान्वयनका लागि सहजीकरण गरिदिन संघीय गृहमन्त्री सुधन गुरूङलाई आग्रह गरेको हो । प्रदेश प्रहरीका लागि बजेट विनियोजन गरिए पनि संघको ढिलाइले भर्ना रोकिएको भन्दै मधेसका गृहमन्त्री फकिरा महतोले संघीय गृहमन्त्री गुरूङसँग भेट गरेका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि प्रदेश प्रहरीबारे छलफल गर्ने बताए । संघ सरकार तयार नभए स्वयंसेवक प्रहरी भर्ना गरिने महतोले जानकारी दिए । “एक सातापछि प्रधानमन्त्रीलाई फाइल बुझाउँछौँ, संघीय सरकारले आलटाल गरेमा हाम्रो ‘प्लान बी’ पनि छ,” उनले भने ।

संघीय गृहमन्त्रीको सकारात्मक प्रतिक्रिया

संघीय गृहमन्त्री गुरूङले प्रदेश प्रहरी भर्नाका लागि सकारात्मक संकेत गरेको मधेसका गृहमन्त्री महतोले बताए । सम्पूर्ण प्रक्रिया पूरा गरेर संघीय गृहमा फाइल बुझाएको भन्दै यसै वर्षबाट भर्ना प्रक्रिया अघि बढ्ने उनले दाबी गरे । “हाम्रो काम प्रदेश कानुन बनाउने र कार्यान्वयन गर्ने हो, त्यसका लागि हामी संघसँग समन्वय गरिरहेका छौँ । गृहमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,” महतोले भने ।

महतोका अनुसार प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीले गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा बनेको ऐन, प्रहरी कर्मचारीलाई समायोजन गर्ने ऐन र प्रदेश प्रहरी नियमावली २०७७ संघीय गृहमन्त्री गुरूङलाई बुझाइएको छ ।

आर्थिक भार र स्रोतको व्यवस्थापन

संघीय सरकारले प्रदेश प्रहरी भर्ना गर्न आलटाल गरेमा प्रदेश स्वयंसेवक प्रहरी भर्ना प्रक्रिया अघि बढाउने महतोले बताए । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रदेश प्रहरी भर्ना तथा व्यवस्थापनका लागि एक करोड रुपैयाँ छुट्याएको छ । २०७५ पुष १५ गते मधेस प्रदेश सरकारले राजपत्रमा प्रदेश प्रहरी ऐन प्रकाशित गरेको थियो, तर संघको अवरोधका कारण हालसम्म प्रदेश प्रहरी भर्ना हुन सकेको छैन ।

पूर्व सांसद प्रह्लाद लामिछानेका अनुसार संघको अनुमतिबिना प्रदेश प्रहरी भर्ना भए आर्थिक भार थेग्न प्रदेशलाई कठिन हुनसक्छ । प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गर्न अग्रसरता देखाउनु सकारात्मक भए पनि स्रोत व्यवस्थापनका लागि संघसँग समन्वय हुनैपर्ने उन बताउँछन् । “शक्ति बाँडफाँट र अधिकार प्रयोग न्यायोचित हुनुपर्छ, सन्दुक र बन्दुक बिनाको संघीयता प्रभावकारी हुँदैन । संघले प्रादेशिक ऐनअनुसार प्रहरी भर्न ढिला गर्नुहुँदैन,” उहाँले भने । अर्थशास्त्री डा. भोगेन्द्र झाले पनि आर्थिक पाटोमै चिन्ता व्यक्त गरेका छन् । समायोजन हुँदा प्रहरीको तलबको बोझ आउने भएकाले प्रदेशले पहिले स्रोत सुनिश्चित गर्नुपर्ने उनको मत छ ।

ऐनमा समावेशी प्रावधान र कडका नियम

ऐनले प्रदेश प्रहरी संगठनलाई पूर्ण रूपमा समावेशी बनाउने लक्ष्य राखेको छ । दफा ९ अनुसार खुला पदपूर्तिमध्ये ४५ प्रतिशत पद आरक्षणका लागि सुरक्षित गरिएको छ, जसमा मधेसी (४४.३६%), दलित (१७.२९%), मुस्लिम (११.५८%), आदिवासी/जनजाति (६.६१%), थारु (५.२७%) र आर्थिक रूपले विपन्न खस आर्य (४.८९%) को कोटा तोकिएको छ । आरक्षित समूहमध्ये ५० प्रतिशत पद महिलाका लागि अनिवार्य गरिएको छ, साथै महिला प्रहरी कर्मचारीको परीक्षणकाल ६ महिना मात्र राखिएको छ ।

ऐनको दफा ९२ ले प्रहरी कर्मचारीले कर्तव्य पालना गर्दा गरेको काममा व्यक्तिगत सजाय नहुने व्यवस्था गरेको छ । ऐनको दफा ४ मा ५ वटा समूहमा प्रहरी विभाजन गरिएको छ : जनपद, प्राविधिक, पर्यटक, सामुदायिक र ट्राफिक प्रहरी । श्रेणी अनुसार ११ वटा पद वर्गीकृत गरिएका छन्, जसमा प्रहरी महानिरीक्षकदेखि चौथो तहका जवानसम्म समावेश छन् । ऐनको परिच्छेद ३ को दफा ९ बमोजिम प्रहरी कार्यालय सहयोगी र प्रहरी जवान शतप्रतिशत खुला प्रतियोगिताबाट भर्ना गरिनेछन्, जबकि अन्य उच्च पदहरू बढुवाद्वारा पूर्ति गरिने व्यवस्था छ ।

सेवा अवधि र सञ्चारमाथि प्रतिबन्ध

ऐनको दफा ४९(१) अनुसार नियुक्ति भएको पाँच वर्ष नपुग्दासम्म प्रहरी कर्मचारीले राजीनामा दिन पाउने छैनन् । ऐनको दफा ६८ मा सामान्य विभागीय सजाय अन्तर्गत यातना नहुने गरी शारीरिक परिश्रम गराउने वा नियन्त्रणमा राख्ने व्यवस्था छ । दफा ९१ ले बिदा स्वीकृत गर्ने अधिकार अधिकारीलाई दिएको छ ।

दफा ५४, ५५ र ५९ अनुसार प्रहरी कर्मचारीले सरकारको पूर्व स्वीकृति बिना सञ्चार माध्यममा कुनै लेख प्रकाशन गर्न, अभिव्यक्ति दिन वा आरोपका सम्बन्धमा स्पष्टीकरण दिन प्रेसको सहारा लिन पाउने छैनन् । यसले गर्दा अन्यायमा परेका प्रहरी पनि बाहिर आवाज उठाउन नपाउने देखिन्छ । दफा ७५ ले परीक्षणकालमा चित्तबुझ्दो काम नगरेमा कर्मचारीलाई सफाइको मौका नदिई सेवाबाट हटाउन सकिने प्रावधान राखेको छ ।

प्रदेश सरकारले आफ्नै प्रहरी भर्नाको माग गर्दै पटक-पटक धर्ना र दबाबमूलक कार्यक्रम गरेको थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu