ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार किशोर श्रेष्ठलाई अदालत उपस्थित गराउने तयारी


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   २ : २५   बजे

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि अदालतबाट अनुमति लिनुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराउने तयारी गरिएको छ।

जनआस्था साप्ताहिकका अध्यक्षसमेत रहेका श्रेष्ठलाई प्रहरीले बुधबार साउन २७ गते पक्राउ गरेको थियो। एक महिलाले वैयक्तिक गोपनीयता भंग गरेको आरोपमा दिएको उजुरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

पक्राउपछि श्रेष्ठलाई बिहीबार सुरुमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाने तयारी गरिएको हो। त्यसपछि अनुसन्धान अघि बढाउन आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतबाट म्याद थपको अनुमति लिइने प्रहरीको तयारी छ।

जनआस्थाको कार्यालयमा खानतलासी

श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले धोबीघाटस्थित जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले कम्प्युटरका सीपीयू तथा अन्य विद्युतीय सामग्री नियन्त्रणमा लिएर गएको सम्बद्ध पत्रकारहरूले बताएका छन्।

कार्यालयमा गरिएको खानतलासी र पत्रकार श्रेष्ठको पक्राउलाई लिएर सञ्चार क्षेत्रबाट प्रश्न उठाइएको छ। पत्रकारितासँग सम्बन्धित सामग्री तथा उपकरण नियन्त्रणमा लिने प्रहरीको कदमले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाबारे बहससमेत सुरु भएको छ।

पत्रकार महासंघको धर्ना

श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले बिहीबार काठमाडौं प्रहरी परिसर, भद्रकाली अगाडि धर्ना दिएको थियो।

धर्नामा सहभागी पत्रकारहरूले श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै नाराबाजी गरेका थिए। धर्नाका क्रममा पत्रकार र प्रहरीबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो।

महासंघले पत्रकारमाथि कानुनी कारबाही गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवेदनशीलतालाई ध्यान दिनुपर्ने बताउँदै आएको छ।

सञ्चार क्षेत्रका संस्थाको पनि विरोध

श्रेष्ठको पक्राउलाई लिएर नेपाल मिडिया सोसाइटीलगायत विभिन्न सञ्चारसम्बद्ध संघ–संस्थाले समेत विरोध जनाएका छन्।

उनीहरूले पत्रकारितासँग सम्बन्धित विषयमा अनुसन्धान वा कानुनी प्रक्रिया अघि बढाउँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक संरक्षणलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

यता प्रहरीले भने श्रेष्ठमाथि लागेको आरोपबारे कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

अब अदालतबाट अनुसन्धानका लागि म्याद थप भएपछि प्रहरीले श्रेष्ठमाथि लागेको साइबर अपराधसम्बन्धी आरोपमा थप अनुसन्धान अघि बढाउनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको आक्रोश– ‘जनता र अदालतप्रति पूरा विश्वास छ’

मोरङमा कानुनविपरीत सञ्चालित सात आँखा अस्पतालमा सिलबन्दी

सम्बन्धित

किसानदेखि उपभोक्तासम्म पाँच तहका बिचौलिया, घटाउने तयारी

राष्ट्र बैंक भन्छ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सामान्य

थाइल्यान्डबाट पार्सलमा आएको ३.२ किलो गाँजा बुझ्न पुगेका दुई युवक पक्राउ

गाउँमा बैंक पुग्यो, तर वित्तीय पहुँच कति पुग्यो ?

नेप्से ८.८१ अंकले बढ्यो, साढे ३ अर्बभन्दा बढीको कारोबार

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, ५४ जनामा संक्रमण पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu