ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ८ : २५   बजे

काठमाडौँ । एनसेल आजियाटाको सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन तत्काल सार्वजनिक नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शुक्रबार टंकमणि शर्मा नेतृत्वको छानबिन समितिले २०८० माघ १५ गते सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक नगर्न आदेश दिएको हो।

सरकारले २०८३ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो। त्यसपछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा सर्वोच्चको आदेश आएको हो।

एनसेल आजियाटा लिमिटेडका सचिव निशिका शर्माले प्रतिवेदन सार्वजनिक गर्दा कम्पनी तथा सम्बन्धित पक्षको संवैधानिक तथा कानुनी गोपनीयताको अधिकार उल्लंघन हुने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

रिटमा प्रतिवेदन सार्वजनिक गर्दा संविधानको धारा २८ अन्तर्गतको गोपनीयताको हक तथा वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ का विभिन्न प्रावधान उल्लंघन हुने जिकिर गरिएको छ। त्यस्तै, आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ का प्रावधानसमेत प्रभावित हुने दाबी निवेदकको छ।

सर्वोच्चको अन्तरिम आदेशसँगै एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय तत्काल कानुनी विवादमा परेको छ। अब प्रतिवेदनमा समेटिएका विवरण सार्वजनिक गर्न मिल्ने वा नमिल्ने विषय अदालतको थप सुनुवाइ र आदेशमा निर्भर हुनेछ।

यो विवादले व्यावसायिक गोपनीयता, करसम्बन्धी सूचना, सार्वजनिक हितको सूचना र सूचनाको हकबीचको सीमाबारे समेत महत्वपूर्ण कानुनी प्रश्न उठाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापालाई मोहन बस्नेतको प्रहार : ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

झारखण्डमा तीर्थयात्री सवार बस दुर्घटना, रौतहटका तीन जनाको मृत्यु

सम्बन्धित

जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेर अघि बढ्नुपर्छ : मन्त्री गौतम

नेपाली अटो व्यवसायीलाई ब्याट्री व्यवस्थापनको जिम्मा दिनु व्यावहारिक छैन : भारतीय रिसाइकल कम्पनीका सीईओ

एक दशकभित्र नेपालको अर्थतन्त्र एक खर्ब डलर पुर्‍याउने लक्ष्यसहित सीएनआईको ‘बजेट वाच’ तीव्र

होटल व्यवसायी महासंघद्वारा आयल निगमको ग्याससम्बन्धी सूचनाप्रति आपत्ति

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न बाटो खुल्यो

कालीगण्डकी करिडोरको मुख्य चुनौती बन्यो सिरुबारी पहिरो, बेनी–जोमसोम सडकमा जोखिम बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu