ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शशांकको टिप्पणी : ‘बालेन्द्र सरकार कामचलाउ जस्तो, ठोस काम देखिएन’


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ५ : २५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले बहुमतको समर्थन पाए पनि अहिलेसम्म कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँमा जारी कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।

उनले वर्तमान सरकारलाई ‘साधारण’ तथा ‘कामचलाउ’ जस्तो देखिएको टिप्पणी गर्दै नयाँ नीति तथा कार्यक्रममार्फत जनताले अनुभूति गर्ने गरी काम गर्न नसकेको बताए।

“यो मलाई लाग्छ, साधारण सरकार हो। उनीहरूको बहुमत त छ, तर कुनै ठोस, कुनै राम्रो काम गरेको मलाई लाग्दैन,” कोइरालाले भने।

उनका अनुसार सरकारले अहिलेसम्म कुनै नयाँ र प्रभावकारी नीति अघि सार्न सकेको छैन। “नयाँ कुनै नीतिहरू त ल्याएको छैन उनीहरूले। खाली यो कामचलाउ सरकार भनौँ न,” उनले भने।

पाँच वर्ष टिक्नेमा पनि प्रश्न

पत्रकारहरूले बालेन्द्र शाह नेतृत्वको सरकार पाँच वर्षसम्म टिक्ने सम्भावना कति छ भन्ने प्रश्न गर्दा कोइरालाले सरकारको स्थायित्वबारे आशंका व्यक्त गरे।

मध्यावधि निर्वाचनको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले छोटो जवाफ दिँदै भने, “सम्भावना त किन रहँदैन, भइहाल्छ नि।”

उनको यो भनाइले बहुमतसहित गठन भएको वर्तमान सरकारको स्थायित्वमाथि कांग्रेसभित्रैबाट प्रश्न उठ्न थालेको संकेत गरेको छ।

कांग्रेस इतर पक्षको राष्ट्रिय भेला

डा. कोइरालाको नेतृत्वमा कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला काठमाडौँमा शुक्रबारदेखि जारी छ। आइतबारसम्म चल्ने भेलामा पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्ताको सहभागिता छ।

भेलामा कांग्रेसको वर्तमान अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी पुनर्निर्माण, नेतृत्व, महाधिवेशन तथा आगामी राजनीतिक कार्यदिशाबारे विभिन्न प्रतिवेदन र प्रस्तावमाथि छलफल भइरहेको छ।

भेलाले कांग्रेसलाई संस्थागत रूपमा बलियो बनाउने तथा आगामी दिनको राजनीतिक, आर्थिक र सामाजिक कार्यदिशाबारे धारणा तय गर्ने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

दाइजो प्रथा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक : उपसभामुख ठाकुर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Communications Minister Inspects Landslide-Hit Nuwakot District

Nepal Finance Minister Courts Diaspora Investment

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

प्रवासी नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौंका ‘जीवित ख्याः’ सम्झिँदै महेश रानाको रहस्यमय कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu