काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार दिउँसो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा भारी वर्षासमेत भएको छ।
विभागका अनुसार अपराह्न ४ः१५ बजेसम्मको मापनमा पछिल्लो तीन घण्टामा काठमाडौंको कपनमा ५२.८ मिलिमिटर वर्षा भएको छ। सोही अवधिमा बूढानीलकण्ठमा ३४ मिलिमिटर पानी परेको छ।
मध्यमदेखि भारी वर्षाका कारण खोलाको बहाव बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
धोबीखोला र विष्णुमतीमा जलसतह बढ्न सक्ने
पछिल्लो तीन घण्टामा बूढानीलकण्ठ, कपन तथा आसपासका क्षेत्रमा भएको मध्यमदेखि भारी वर्षाका कारण धोबीखोला र विष्णुमती नदीको जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले नदी तथा खोला किनारमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ। साथै, तटीय क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्