ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० वाणिज्य बैंकको नाफा ३२ प्रतिशत बढ्यो, नबिल शीर्ष स्थानमा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ६९ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.९५ प्रतिशत बढी हो। नाफा आर्जनमा नबिल बैंक पहिलो, कुमारी बैंक दोस्रो र ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा छन्। प्रभु बैंक भने करिब २४ करोड रुपैयाँ घाटामा रहेको छ।

नबिलको नाफा सर्वाधिक

नबिल बैंकले ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाउँदै सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५ अर्ब ९२ करोड रुपैयाँ थियो।

त्यस्तै, कुमारी बैंकले ७ अर्ब ३८ करोड, ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड, एभरेस्ट बैंकले ५ अर्ब ६ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड र नेपाल बैंकले ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

अन्य बैंकको नाफा यस्तो छ :

बैंक खुद नाफा
नबिल बैंक ७ अर्ब ९० करोड
कुमारी बैंक ७ अर्ब ३८ करोड
ग्लोबल आइएमई बैंक ६ अर्ब २२ करोड
एभरेस्ट बैंक ५ अर्ब ६ करोड
राष्ट्रिय वाणिज्य बैंक ४ अर्ब ५५ करोड
नेपाल बैंक ४ अर्ब ५० करोड
प्राइम कमर्सियल बैंक ४ अर्ब ११ करोड
एनएमबी बैंक ४ अर्ब १ करोड
सानिमा बैंक ३ अर्ब ५५ करोड
सिद्धार्थ बैंक ३ अर्ब ५१ करोड
लक्ष्मी सनराइज बैंक ३ अर्ब ११ करोड
स्ट्यान्डर्ड चार्टर्ड बैंक २ अर्ब ८५ करोड
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक २ अर्ब ७४ करोड
कृषि विकास बैंक २ अर्ब ६३ करोड
माछापुच्छ्रे बैंक २ अर्ब ११ करोड
सिटिजन्स बैंक २ अर्ब ९ करोड
नेपाल एसबीआई बैंक २ अर्ब ४ करोड
हिमालयन बैंक १ अर्ब ४८ करोड
प्रभु बैंक करिब २४ करोड घाटा

केही बैंकको नाफा घट्यो

समग्र बैंकिङ क्षेत्रको नाफा बढे पनि सबै बैंकको नाफा भने बढेको छैन।

लक्ष्मी सनराइज बैंकको नाफा अघिल्लो वर्षको ४ अर्ब ६ करोडबाट घटेर ३ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३ अर्ब १ करोडबाट घटेर २ अर्ब ८५ करोड तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब ३३ करोडबाट घटेर २ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ।

कृषि विकास बैंकको नाफा पनि अघिल्लो वर्षको ३ अर्ब ७३ करोडबाट घटेर २ अर्ब ६३ करोड रुपैयाँमा आएको छ।

खराब कर्जामा ठूलो अन्तर

बैंकहरूको वित्तीय अवस्थाबीच खराब कर्जाको अनुपातमा भने ठूलो अन्तर देखिएको छ। कुमारी बैंकको खराब कर्जा अनुपात ७.४६ प्रतिशत पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको ३.९५ प्रतिशत र नेपाल एसबीआई बैंकको २.९२ प्रतिशत खराब कर्जा रहेको छ।

यता एभरेस्ट बैंकको खराब कर्जा अनुपात ०.४९ प्रतिशत मात्रै छ।

एभरेस्ट बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने नबिल बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड रुपैयाँ रहेको छ।

नाफा बढ्नुमा प्रावधान फिर्ताको प्रभाव

यस वर्ष बैंकहरूको नाफा बढ्नुमा अघिल्लो वर्ष गरिएका कर्जा नोक्सानी व्यवस्थापन (प्रोभिजन) को केही रकम फिर्ता अर्थात् राइटब्याक हुनुको समेत प्रभाव देखिएको छ। त्यसैले खुद नाफा बढेको तथ्यांकलाई मात्रै आधार बनाएर बैंकहरूको वास्तविक व्यवसायिक विस्तारको निष्कर्ष निकाल्न भने सावधानी आवश्यक देखिन्छ।

समग्रमा भने २० वाणिज्य बैंकको नाफामा देखिएको करिब ३२ प्रतिशत वृद्धिले बैंकिङ क्षेत्रको वित्तीय अवस्थामा सुधारको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

प्रहरी सुधार : जनताको सेवक बनाउने कि शक्तिको प्रतीक?

नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर अवलोकन गर्दै अर्थमन्त्री वाग्ले

सवारी साधनमा एआई: प्रविधिको दौडमा नेपाल कहाँ छ?

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

जाजरकोटमा पहिरोले घर तथा टहरा भत्कायो, १० घाइते, तीन जना बेपत्ता

नाइमा नेपाल मोबिलिटी एक्स्पो आज समापन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu