ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाले उत्तरसँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव राख्यो


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : १५   बजे

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले प्राविधिक रूपमा अझै जारी रहेको दुई देशबीचको युद्ध औपचारिक रूपमा अन्त्य गर्ने विषयमा उत्तर कोरियासँग वार्ता गर्न प्रस्ताव गरेका छन्।

दक्षिण कोरियाको ‘मुक्ति दिवस’का अवसरमा सम्बोधन गर्दै राष्ट्रपति लीले उत्तर र दक्षिण कोरियाबीच शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक विकासका लागि प्रत्यक्ष संवाद सुरु गर्न आह्वान गरेका हुन्।

उनले दुई देशबीचको वास्तविक सीमा क्षेत्र गैरसैन्यीकृत क्षेत्र (डीएमजेड) मा हुन सक्ने आकस्मिक तथा सैन्य मुठभेड रोक्न ‘बहुस्तरीय सुरक्षा प्रणाली’निर्माण गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन्। साथै, उत्तर कोरियाको परमाणु क्षमता विस्तार रोक्न सकिने व्यावहारिक उपायबारे पनि संवाद गर्नुपर्ने उनले बताएका छन्।

कोरियाली युद्ध सन् १९५३ मा युद्धविराम सम्झौतापछि रोकिएको थियो। तर, उत्तर र दक्षिण कोरियाबीच अहिलेसम्म औपचारिक शान्ति सन्धि भएको छैन। त्यसैले कानुनी तथा प्राविधिक रूपमा दुई देशबीचको युद्ध अन्त्य भएको मानिँदैन। युद्धविरामपछि पनि सीमाक्षेत्रमा पटक–पटक सैन्य तनाव र झडपका घटना हुँदै आएका छन्।

राष्ट्रपति लीले दुवै पक्षले एकअर्कालाई धम्क्याउने मनसाय त्यागेर लामो समयदेखि जारी युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने दिशामा छलफल अघि बढाउनुपर्ने बताए। उनका अनुसार प्रत्यक्ष वार्ताले दुई देशबीचको सैन्य तनाव घटाउनुका साथै उत्तर कोरियाको परमाणु कार्यक्रमलाई नियन्त्रण गर्ने उपायबारे छलफल गर्ने अवसरसमेत सिर्जना गर्न सक्छ।

उत्तर कोरियाले भने राष्ट्रपति लीको पछिल्लो प्रस्तावमा अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि पनि उत्तर कोरियाले लीका संवाद र सहकार्यसम्बन्धी प्रस्तावहरूलाई अस्वीकार गर्दै आएको छ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले भने राष्ट्रपति किम जोङ उनले आफ्नै देशमा आयोजित मुक्ति दिवस समारोहमा सहभागी भएको जनाएको छ। कार्यक्रममा उनले माल्यार्पण गर्नुका साथै गार्ड अफ अनर ग्रहण गरेको समाचारमा उल्लेख छ।

दक्षिण कोरियाको पछिल्लो प्रस्ताव यस्तो समयमा आएको हो, जब उत्तर कोरियाले परमाणु हतियार बोक्न सक्ने क्षमताका ब्यालिस्टिक मिसाइलहरूको परीक्षणलाई निरन्तरता दिँदै आएको छ। ती गतिविधिलाई दक्षिण कोरिया र जापानमाथि रणनीतिक दबाब बढाउने तथा आफ्नो सैन्य क्षमता प्रदर्शन गर्ने प्रयासका रूपमा हेरिँदै आएको छ।

यदि वार्ता अघि बढेमा कोरियाली प्रायद्वीपमा दशकौँदेखि कायम सैन्य तनाव घटाउने सम्भावना देखिए पनि उत्तर कोरियाको परमाणु कार्यक्रम, अमेरिका–दक्षिण कोरिया सैन्य सहकार्य र दुई कोरियाबीचको गहिरो अविश्वास मुख्य चुनौतीका रूपमा रहनेछन्। त्यसैले राष्ट्रपति लीको प्रस्ताव तत्काल शान्ति प्रक्रियामा परिणत हुन्छ वा कूटनीतिक पहलमै सीमित रहन्छ भन्ने विषय उत्तर कोरियाको प्रतिक्रियामा निर्भर हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ४७ जनाको मृत्यु

इजरायल चुनावमा नेतन्याहुलाई आइजेनकोटको चुनौती, सर्वेक्षणमा चार सिटले पछाडि

तीन इरानी पाइलटलाई कतारले बन्दी बनाएको इरानको आरोप, दोहाको खण्डन

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu