ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले रुकुमपश्चिममा वर्कसप पुर्‍यो, नयाँबस्तीका तीन घर उच्च जोखिममा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

रुकुमपश्चिम । लगातारको वर्षापछि आएको पहिरोले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा सञ्चालित युग इन्जिनियरिङ वर्कसप पुरिएको छ। पहिरोका कारण वर्कसपसहित त्यहाँ मर्मतका लागि राखिएका विभिन्न सवारीसाधन तथा उपकरणमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो सेरीगाउँमा खसेको पहिरोले स्थानीय धनबहादुर बिकले सञ्चालन गर्दै आएको वर्कसप पुरेको हो। प्रारम्भिक विवरणअनुसार घटनाबाट करोडौँ रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलका अनुसार मध्यपहाडी राजमार्गको छेउमा रहेको वर्कसपमा पहिरो खसेको हो। वर्कसपमा मर्मतका लागि ल्याएर पार्किङ गरिएका सवारीसाधनसमेत पहिरोले च्यापेर क्षति पुर्‍याएको छ।

पहिरोले धनबहादुर बिकको एकतले जस्तापाता र फलामबाट निर्माण गरिएको ट्रस्ट भवनमा क्षति पुर्‍याएको छ। वर्कसपभित्र रहेका मेसिन, उपकरण तथा अन्य सामग्रीसमेत पहिरोमा पुरिएका छन्।

त्यस्तै, स्थानीय पदम केसीका रा १ त ३७३६ र रा १ त ३६१७ नम्बरका दुईवटा ट्याक्टर पहिरोले च्यापिएका छन्। स्थानीय प्रविण डाँगीको बा १ क २५०६ नम्बरको रोलर, मिक्स्चर तथा स्काभेटरका दुईवटा बकेटसमेत पहिरोमा पुरिएका छन्।

वर्कसपमा मात्रै नभई पहिरोका कारण सेरीगाउँस्थित नयाँबस्तीका घरहरू पनि जोखिममा परेका छन्। प्रहरीले नयाँबस्तीका तीनवटा घर पहिरोको उच्च जोखिममा रहेको जनाएको छ।

स्थानीय बनिता मल्लको दुईतले आठकोठे पक्की घर, हरिबहादुर सुनारको एकतले दुईकोठे टिनले छाएको घर तथा हेमबहादुर पाण्डेको दुईतले छकोठे टिनले छाएको घर पहिरोको जोखिममा परेका छन्।

नयाँबस्तीमा करिब १५ घर रहेका छन्। पहिरोको जोखिम बढेपछि प्रभावित घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तथा घरभित्र रहेका सामान सुरक्षित ठाउँमा लैजाने काम भइरहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण थप पहिरो खस्न सक्ने जोखिम रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीयको समन्वयमा घटनास्थलको अवस्था निरीक्षण तथा क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन तयारीको जिम्मा शशांक कोइरालालाई

कांग्रेस इतरसमूहको भेलाको समापनमा शेखर कोइराला अनुपस्थित

सम्बन्धित

घरेलु हिंसाका ७६ प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रमै टुंगिन्छन्

नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो

विराटनगरका सात आँखा अस्पताल सिल, सञ्चालक आन्दोलनमा

र्याडिसनमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ जान ५–१० वर्ष लाग्छ : सौरभ ज्योती

मिथिलामा सुरु भयो झुलनोत्सव, मठमन्दिरमा गुञ्जिन थाले झुलागीत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu