ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत्मा भ्याट लगाएर सरकार गलत दिशातर्फ गइरहेको छ : कुलमान घिसिङ


ABC NEWS
१ भदौ २०८३, सोमबार   ४ : २५   बजे

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार गलत दिशातर्फ अघि बढिरहेको बताएका छन्।

सरकारले विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा सोमबार काठमाडौंमा हस्ताक्षर अभियान सुरु गर्दै घिसिङले जनतालाई राहत दिनुपर्ने समयमा थप कर लगाएर सरकार गलत दिशामा अघि बढेको बताएका हुन्।

घिसिङले सांसदलाई दिइने सुविधा तथा राइड सेयरिङबाट आम्दानी गर्नेहरूमाथि लगाइएको करको विषयसमेत उठाए। उनले भने, “सांसदले ८० हजारभन्दा बढी लिन्छन्, उनीहरूलाई १ प्रतिशत भ्याट र राइड सेयरिङ गरेर कमाउनेहरूसँग अर्को ५ प्रतिशत भ्याट, व्यक्तिगत रूपमा अर्को १ प्रतिशत पनि भ्याट रहेछ। यी विषयमा सरकार गलत दिशातिर गयो।”

इन्डक्सन चुलो प्रयोग गर्न आग्रह

घिसिङले विद्युत् खपत बढाउन सरकारले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए। ग्यासका लागि लामो समय लाइन बस्नुभन्दा इन्डक्सन चुलो प्रयोग गर्न उनले सर्वसाधारणलाई आग्रह गरे।

“बजार गएर इन्डक्सन किन्नुहोस्, ग्यासभन्दा सस्तो हुन्छ। अहिले विद्युत् खेर गइरहेको छ। त्यसमा सहुलियत दिनुपर्नेमा जनतालाई अझ भ्याट लगाइएको छ। मेरो बिलमा झन्डै ४०० रुपैयाँ थपिएर आएको छ,” उनले भने।

विद्युतीय चुलो प्रयोग गर्दा ट्रान्सफर्मर पड्कने भन्दै गलत अफवाह फैलाइएको उनको आरोप छ। विद्युत् खपत बढाउनुपर्ने समयमा विद्युतीय चुलोको प्रयोगलाई निरुत्साहित गर्न नहुने उनले बताए।

विद्युत् खपत बढाउनुपर्नेमा जोड

बर्खायाममा विद्युत् उत्पादन बढ्ने भएकाले बिजुली खेर जाने अवस्था रहेको उल्लेख गर्दै घिसिङले स्वदेशमै विद्युत् खपत बढाउनुपर्नेमा जोड दिए।

उनले विद्युत् प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताउँदै विद्युत्मा लगाइएको भ्याट तत्काल फिर्ता लिन सरकारसँग माग गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पत्रकार खेम भण्डारीविरुद्ध अवहेलना मुद्दा : सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

अनुगमन टोली पुग्दा गौशालाको डेन्टल क्लिनिक बन्द, सञ्चालक सम्पर्कविहीन

सम्बन्धित

सहसचिव मदन दहाललाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

विदेशमा अलपत्र नेपालीको उद्धार र शव फिर्तीका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइयो

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन रास्वपा सांसदको माग

निर्वाचन प्रहरीमा भर्ना भएकी युवतीसँग होटलमा भेटिएपछि प्रहरी सईमाथि छानबिन

निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्दै, ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन टुंगिँदै

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सम्पन्न, रमेश पौडेल अध्यक्षमा निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu